पोखरा । पोखराकी योरुना पुन (नेहा) को बलात्कार प्रयासपछि हत्याको घटनाको फैसला हुन दुई वर्ष बढी लाग्यो । तर, उस्तै प्रकृतिको घटना श्रीया सुनार बिकको हत्या मुद्धाको फैसला कुर्न धेरै समय पर्खनुपरेन । नयाँ ऐन अनुसार हत्यारालाई आजिवन कैदको सजाय कास्की जिल्ला अदालतले सुनाएको छ ।
गत असोज ९ गते पोखरा – २२ पुम्दिभुम्दि, कोदीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो ।
पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा २७ बर्षिय पौडेललाई जन्मकैदको फैसला सुनाईएको अदालतले जनाएको छ । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो । मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहँदासम्म कैदको व्यवस्था गरेको छ ।
जसमा बलत्कार पछिको हत्या पनि एक हो । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्ने भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा २४ घण्टा नपुग्दै पक्राउ परेका कुसुमले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए ।
जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बादीको तर्फबाट बहस गरेका थिए । त्यस्तै, प्रतिबादीको तर्फबाट वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजायको माग गर्दै श्रीयाका आफन्तले एकसातासम्म आन्दोलन गरेका थिए । हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए ।
सम्बन्धित समाचार:
श्रीयाको बलात्कार गरी हत्या गर्ने छिमेकी कुशुम पौडेल पक्राउ
नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा