पाेखरा । युवा क्रिकेटर सन्दीप लामिछानेकाे चर्चा चुलिएसँगै उनकाे घमण्ड बढेकाे आरोप लाग्ने गरेकाे छ । पीपीएलका क्रममा पाेखरामा पनि उनले प्रहरी अधिकारीमाथि दुर्व्यवहार गरेकाे, मिडियासँग कुरा गर्न नमानेकाे आरोप लागेकाे थियाे । उनी फेरि विवादमा मुछिएका छन् ।
क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका सन्दीप लामिछानेले त्यहाँ आयोजित एक कार्यक्रममा घमण्ड गरेको भन्दै आलोचना भएको छ। अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता ‘बिग बास’ खेल्न पुगेका सन्दीपले त्यहाँ रहेका नेपालीले आयोजना गरेको सम्मान कार्यक्रममा घमण्ड गरेको आरोप लागेको हो। मेलबर्नमा रहेका नेपालीले उनको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेका थिए। सोही कार्यक्रममा सहभागी हुँदा सन्दीपले घमण्ड गरेको आरोप लागेको अन्नपूर्ण पाेस्ट डटकमले समाचार प्रकाशन गरेकाे छ ।
सन्दीपसँगको संवाद सार्वजनिक गर्दै नोर्गेन नोर्वुलेफेसबुकमा उनले घमण्ड गरेको आरोप लगाएका हुन्। नोर्वु नेप्लिज एशाेसिएसन अफ भिक्टोरियाका पूर्वसचिव हुन्। उनले लेखनाथ पौडेलको कविताका दुई हरफ राखेर सन्दीपले आफ्नो विगत बिर्सिएको भन्दै आलोचना गरेका छन्।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।।
(नैतिक दृष्टान्त, लेखनाथ पौडेल) यो कविताबाट उनले सन्दीपको विषयमा स्टाटस लेख्न सुरु गरेका छन्। सँगै साथमा उनले सन्दीपसँगको छोटो संवादसमेत पोस्ट गरेका छन्।
‘परेड सुरु हुन १५ मिनेेट ढिला हुँदा, यो कस्तो खाल्को म्यानेजमेन्ट हो? त्यसै नानाथरी टिप्पणी।
प्रः सन्दिप, खाना खाऊँ है?
उः त्यो पनि सोध्ने कुरा हो?
प्र: सन्दिप लाइनमा मिलेर हिडौँ न, ट्राम लिकमा नहिँड न
उः म भिआपी हूँ, जहाँ हिँडे पनि के भो र?’
उता सन्दीपले भने आफूले परेडमा सहभागी हुँदा घमण्ड नदेखाएको दाबी गरेका छन्। ट्विटरमार्फत् स्टाटसको खण्डन गर्दै सन्दीपले त्यसमा सत्यता नभएको बताएका हुन्।
‘यो गलत हो। सरासर गलत हो। यो कथा एक लाइन पनि सत्य छैन। आखिर कहिलेसम्म ?’, सन्दीपले प्रश्न गर्दै भनेका छन्, ‘कृपया लेख्नुअघि सही सूचना प्रयोग गरौं। गलत नगरेको व्यक्तिलाई झार्ने काम नगरौं।’
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’