पाेखरा । युवा क्रिकेटर सन्दीप लामिछानेकाे चर्चा चुलिएसँगै उनकाे घमण्ड बढेकाे आरोप लाग्ने गरेकाे छ । पीपीएलका क्रममा पाेखरामा पनि उनले प्रहरी अधिकारीमाथि दुर्व्यवहार गरेकाे, मिडियासँग कुरा गर्न नमानेकाे आरोप लागेकाे थियाे । उनी फेरि विवादमा मुछिएका छन् ।
क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका सन्दीप लामिछानेले त्यहाँ आयोजित एक कार्यक्रममा घमण्ड गरेको भन्दै आलोचना भएको छ। अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता ‘बिग बास’ खेल्न पुगेका सन्दीपले त्यहाँ रहेका नेपालीले आयोजना गरेको सम्मान कार्यक्रममा घमण्ड गरेको आरोप लागेको हो। मेलबर्नमा रहेका नेपालीले उनको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेका थिए। सोही कार्यक्रममा सहभागी हुँदा सन्दीपले घमण्ड गरेको आरोप लागेको अन्नपूर्ण पाेस्ट डटकमले समाचार प्रकाशन गरेकाे छ ।
सन्दीपसँगको संवाद सार्वजनिक गर्दै नोर्गेन नोर्वुलेफेसबुकमा उनले घमण्ड गरेको आरोप लगाएका हुन्। नोर्वु नेप्लिज एशाेसिएसन अफ भिक्टोरियाका पूर्वसचिव हुन्। उनले लेखनाथ पौडेलको कविताका दुई हरफ राखेर सन्दीपले आफ्नो विगत बिर्सिएको भन्दै आलोचना गरेका छन्।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।।
(नैतिक दृष्टान्त, लेखनाथ पौडेल) यो कविताबाट उनले सन्दीपको विषयमा स्टाटस लेख्न सुरु गरेका छन्। सँगै साथमा उनले सन्दीपसँगको छोटो संवादसमेत पोस्ट गरेका छन्।
‘परेड सुरु हुन १५ मिनेेट ढिला हुँदा, यो कस्तो खाल्को म्यानेजमेन्ट हो? त्यसै नानाथरी टिप्पणी।
प्रः सन्दिप, खाना खाऊँ है?
उः त्यो पनि सोध्ने कुरा हो?
प्र: सन्दिप लाइनमा मिलेर हिडौँ न, ट्राम लिकमा नहिँड न
उः म भिआपी हूँ, जहाँ हिँडे पनि के भो र?’
उता सन्दीपले भने आफूले परेडमा सहभागी हुँदा घमण्ड नदेखाएको दाबी गरेका छन्। ट्विटरमार्फत् स्टाटसको खण्डन गर्दै सन्दीपले त्यसमा सत्यता नभएको बताएका हुन्।
‘यो गलत हो। सरासर गलत हो। यो कथा एक लाइन पनि सत्य छैन। आखिर कहिलेसम्म ?’, सन्दीपले प्रश्न गर्दै भनेका छन्, ‘कृपया लेख्नुअघि सही सूचना प्रयोग गरौं। गलत नगरेको व्यक्तिलाई झार्ने काम नगरौं।’
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला