पोखरा २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय आशिष कुँवरको अल्यायूमै ज्यान गयो । अर्का साथी प्रविण पुन घाईते छन् । कलिलै उमेरमा दुर्घटनाबाट कान्छो छोरोको ज्यान गएपछि परिवार र आफन्त शोकमा छन् । छिमेकीका अनुसार घरमा आमा, बुबा र आशिष मात्रै छन् । उनका दाई तीन महिना अघि मात्रै वैदेशिक अध्ययनमा गएका हुन् । उनी करुणानिधीका १२ कक्षाका विद्यार्थी हुन् ।
एकपछि अर्को दुर्घटनाले ज्यान जाने क्रम बढेपछि हेम्जाबासी चिन्तित छन् । पोखरामा प्रायः दुर्घटना हुन ठाउँ मालेपाटन (जिरो किमी–विन्ध्यवासिनी) र हेम्जा सडक खण्ड नै हो । मालेपाटन सडक फराकिलो बनेपछि दुर्घटनामा वृद्धि भएको हो । झण्डै दर्जनको ज्यान गईसकेको छ । दर्जनौं घाईते छन् । ‘सामान्य दुर्घटना नभएको दिन नै हुन्न भनेपनि हुन्छ’ भन्छन् स्थानीय ।
आईतबार स्काभेटरसँग मोटरसाईकल ठक्कर खाँदा गम्भिर घाइते भएका कुँवरलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । पोखरातर्फ आउँदै गरेको ग १४ प ८१५१ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको ना १ ख ७१६४ नम्बरको स्काभेटरमा ठक्कर खाँदा भएको दुर्घटनामा १९ वर्षीय पुन घाईते भएका थिए ।
गत माघदेखि चैतभित्रै चार जनाले एक पछि अर्को दुर्घटनामा ज्यान गुमाएका थिए । चैत २० गते पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ तिब्बतियन क्याम्प नजिकैको चोकमा पोखराबाट हेम्जा फर्किरहेका दुई युवा सवार स्कुटरलाई लापरबाही ढंगले चलाइएको ट्रकले ठक्कर दिँदा चालक स्थानीय २२ वर्षीय शंकर कुँवरको तत्काल मृत्यु भएको थियो भने पछाडि सवार १८ वर्षीय रोशन केसी घाईते भएकोमा उपचारकै क्रममा उनको पनि ज्यान गयो ।
फागुन १७ गते फागूपूर्णिमाको राति हेम्जामा नै राति साढे २ बजेतिरको समयमा पोखरा लेखनाथ वडा नं. २५ उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ पछाडि बस्ने २१ वर्षीय सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा निधन भएको थियो । ग १३ प ८८१० नम्बरका सो स्कुटर चालक २२ वर्षीय विकास अधिकारी घाईते भए ।
त्यसअघि, माघे संक्रान्तिका दिन पोखरा २५ स्थित सुईखेतमा साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भयो । दुर्घटनामा परी तीन जना घाईते भए । हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको थियो । त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भए । यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते भए ।

तस्विरः सिर्जना त्रिपाठीको फेसबुकबाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा