रञ्जन अधिकारी । नेपाल लिटरेचर फेस्टिवलका अघिल्ला संस्करणहरु पोखरामा हुँदा नेपाल पर्यटन बोर्ड कार्यालय प्रांगणमा हुने गर्थे । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले यस वर्षको कार्यक्रम बाराही घाट नजिकै खुल्ला चौरमा आयोजना ग¥यो । शनिबारदेखि सुरु चार दिने फेस्टिवल मंगलबारसम्म विभिन्न विषयमा बौद्धिक छलफल गर्दै सकियो ।
देशका प्रतिष्ठित साहित्यकार, लेखक, नेता, कलाकारलाई पोखरा भित्राउँदै बौद्धिक भेला गराउने आयोजक आफै चुक्दा १० हजार तिर्नुपरेको छ । तीन महिनादेखि महोत्सवका लागि तातिएका आयोजकले ईञ्जिनियरकै डिजाइनमा दुई मञ्च बनाए । चौरमा बनाइएका दुई मध्ये भूपी कक्षबाट फेवाताललाई पृष्ठभूमि बनाईयो । तर, चौरदेखि फेवातालकिनारको बीचमा पैदलमार्ग छ । त्यसको छेउछाउ रुखहरु छन् । आयोजकले ति रुखका हाँगाहरू अनुमति नै नलिई काटेपछि यहाँका नागरिक समाजका अगुवाले वडा कार्यालयमा उजुरी गरे ।

नागरिक समाज पोखरा संयोजक विष्णुहरि अधिकारीले पोखरा महानगरपालिका कार्यालयलाई बोधार्थ पठाउँदै वडा नं. ६ कार्यालयमा उजुरी दिएका हुन् । नागरिक अगुवा रामबहादुर पौडेल र महानगरका प्रवक्ता गंगालाल सुवेदीले पनि मज्जैले साथ दिए । दुई दर्जन रुखका हाँगाहरु काटिएको र ति हाँगाहरु छरपस्ट रुपमा तालकिनारमै छाडिएको भन्दै लिखित उजुरी गरिएको हो ।
त्यसपछि, वडा अध्यक्ष जगत पहारीले मंगलबार १० हजार क्षतिपूर्ति तिराए । आयोजकले महोत्सवका क्रममा भिडियोमा सिन खुल्ला बनाउँदा भूलबस काटेको प्रष्टिकरण दिएको उनले जनाएका छन् ।

आयोजकका एक सदस्यले रुख कुनै पनि नकाटिएको, हाँगाबिगा मात्र काटिएको बताए । फेवाताल नै पोखराको चिनारी हो, तातो बहससँगै पृष्ठभूमिमा देखिने ताल र हिमालले सुन्दरता थप्छ भनेर सकारात्मक चिन्तनका साथ काटिएको बताउँदै उनले यसले अर्को पाठ सिकाएको बताए ।

पोखरामा यस्ता विशिष्ट व्यक्तित्वहरु आउने माहौल बनाउने आयोजकप्रति भने पोखरेली आभार प्रकट गर्छन् । तर, प्राविधिक रुपमा कमजोरी भएकाले यसतर्फ सचेत हुन आग्रह गरिएको छ ।

यति ठूलो साहित्यिक महोत्सव आयोजना गर्ने थलो वर्षेनी पोखरा छानिएको छ, तर स्थानीय साहित्यिक क्षेत्रले गर्व गर्नुपर्ने हो, किन गर्दैन ? भन्ने आयोजकको गुनासो पनि छ । यसलाई आगामी वर्षहरुमा झनै भव्य बनाउन पाेखरेलीबाट अझै ठूलो अपेक्षा आयोजक पक्षको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा