पोखरा, १५ पुष /ल्योसारको अवसरमा गण्डकी प्रदेश सरकारले विदा दिएपनि गण्डकी प्रदेशका केही कार्यालयहरु खुलेका छन् । संघीय सरकार मातहका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार, नेपाल राष्ट्र बैंक, निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरु लगाएतका खुल्ला भएका हुन् ।
संघीय सरकार अन्तरगतका सबै कार्यालयहरु सञ्चालनमा आउने कास्की प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । ‘संघीय सरकार अन्तरगतका कार्यालयमा विदा हुन नेपाल सरकारले विदा दिनुपर्दछ’, उनले भने ‘नेपाल सरकारले विदा घोषणा गरेको छैन ।’
केही दिन पहिले बसेको अन्तरप्रदेश समन्वय परिषको बैठकले प्रदेश सरकारले गरेको विदाको निर्णय संघ मातहतका कार्यालयले पनि मान्नुपर्ने निर्णय गरेका थियो । तर त्यो निर्णय मन्त्रिपरिषदबाट पास नभएका कारण प्रदेश सरकारले दिएका विदामा संघीय सरकार अन्तरगतका कार्यालय सञ्चालनमा आएका हुन् ।
गण्डकी प्रदेशमा जनैपुर्णिमा, तीज लगाएतमा विदाको माग गरे पनि प्रदेश सरकारले दिएका थिएन । गण्डकी प्रदेशले दिएको यो पहिलो विदा हो । प्रदेशलाई १ वर्षमा बढीमा ६ दिन विदा घोषणा दिन सक्ने संघीय कानुनमा उल्लेख छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा