पोखरा, १६ पुस । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका ७३ वर्षिय दिलबहादुर सार्कीको हत्यामा संलग्न तीन जनालाई कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० क्लिउका एकै घरमा तीन जना छन् । क्लिउका वर्ष ३१ का बुद्धीमान सार्की, निजको बुबा वर्ष ६० का निमबहादुर सार्की र माईलो बुवा वर्ष ७२ का लालसिँह सार्की रहेका छन् ।
मृतक दिलबहादुर लगायत चारै जना बसेर पुस ८ गते मदिरा सेवन गरेको र मृतकले अपशब्द बोलेपछि बिबाद बढ्दा उनीहरुले संयुक्त रुपमा कुटपिट गरि मारेको अनुशन्धानको क्रममा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।
दिलबहादुरको शव पुस १४ गते अन्नपूर्ण गाउँपालिका–१० खुम्बु्रखु स्थित मोदी खोलामा फेला परेको थियो ।
घटनास्थलमा उपस्थित गाउँलेहरु मध्ये बुद्धीमानको गतिबिधि शंकास्पद देखिएको र निजलाई घटनास्थलबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई सोधपुछ गर्दा संयुक्त रुपमा कुटपिट गरि मारेको र त्यसपछि रातको समयमा झोलुङ्गे पुलबाट मोदी खोलामा फालेको बताएको रानाको भनाई छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो