पोखरा । पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा पैदलयात्रीहरुको आवागमनमा सहजता ल्याउन आकाशे पुल निर्माण गरिने भएको छ ।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने भएको हो ।
पुल निर्माणका लागि आवश्यक इस्टिमेट बजेट तयार गरिरहेको महानगरले आउँदो महिनाभित्रमै टेण्डर सूचना प्रकाशन गर्ने जनाइएको छ ।
झण्डैं १ करोड ८० लाख रुपैयाँ लागतमा सिर्जनाचोकमा र २ करोड ४१ लाख रुपैयाँ लागतमा पृथ्वीचोकमा आकाशे पुल निर्माण गर्न सकिने प्रस्तावित बजेट तयार गरिएको नगरप्रमुखका स्वकीय सविच लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद एवं हालका पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्रि रवीन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन समेत गरिसकेका छन् ।
चालु आर्थिक वर्ष २०७५/०७६ मा ओभरहेड पुल, सब–वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
महानगरले विसं २०६६ सालदेखि पोखरामा आकाशे पुल निर्माणका लागि नगरपरिषद् बैठकद्वारा निर्णय गर्दै आएको भएपनि जनप्रतिनिधि चुनिएर आइसकेपछि मात्रै यस एजेण्डाले गति लिएको हो ।
पैदलयात्रीहरुलाई बाटो काट्न बनाइएको जेब्रा क्रस मौसमी प्रभावका कारण छिटै मेटिने भएकोले जथाभावी बाटो काट्न बाध्य बटुवालाई राहत मिल्ने भएको छ । साथै, ट्राफिक व्यवस्थापनमा पनि थप सहज हुने विश्वास लिइएको महानगरले जनाएको छ ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’