बुटवल । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले संयुक्त रूपमा ११ औँ ‘रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स’ आयोजना गर्दैछन ।
उक्त सम्मेलन यही माघ ४ र ५ गते मणिग्राम बुटवलमा हुन लागेको हो ।
‘रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स’ रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम हो । उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोट्रयाक्ट क्लबहरु बाट १ हजार बढी युवा प्रतिनिधिहरु सहभागी हुने अनुमान आयोजकले लिएको छ ।
सम्मेलन युवाहरुको लागि स्थान सृजना (क्रिएटिङ स्पेसेस फर युथ) मुल विषयमा आधारित रहने छ । ‘रोट्रयाक्ट डिस्ट्रिक्ट’ का अनुसार यस्तो विषय राख्नुको उद्देश्य रोट्रयाक्ट जस्तो सामजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो । साथै, यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो ।

सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ । रोट्रयाक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरु, प्रशिक्षकहरु, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरु श्रोत व्यक्तिका रुपमा सम्मेलनमा सहभागी हुँदैछन ।
सम्मेलनमा युवा नेता गगन थापा र रहबर अन्सारी आउने
सम्मेलनमा युवा नेता एवं सांसद गगन थापा, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनीतिज्ञ रहबर अन्सारी लगायत डिस्ट्रिक्ट गभर्नर रोटरियन चिन्तामणि भट्टराई, ‘डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन’ राजीव पोख्रेल आदी उपस्थितीको तयारीमा रहेको जानकारी आयोजकले गराएको छ । साथै केहि युवाको क्षेत्रमा कृयाशिल गैर सरकारी संस्थाहरु पनि सम्मेलनमा समावेश हुने बताईएको छ ।

सम्मेलनलाई सफल पार्न स्थानिय स्तरमा ‘रोट्रयाक्ट क्लब अफ बुटवल, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी, रोट्रयाक्ट क्लब अफ भैरवहा, रोट्रयाक्ट क्लब अफ कपिलवस्तु मिड टाउन र रोट्रयाक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेज’ले संयुक्त ब्यवस्थापनको जिम्मेवारी सम्हाल्दै छन ।
रोटरी इन्टरनेशनलसँग आवद्ध युवा सामाजिक संस्था रोट्रयाक्ट क्लब रोटरी क्लबको युवा भातृ संस्था हो । हाल नेपालमा १२६ वटा क्लबहरु छन । ५ हजार को हाराहारीमा सदस्य भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु र नेतृत्व विकासमा कामहरु गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?