देशकै सबैभन्दा ठूलो महानगर पोखरा महानगरको चौंथो नगर सभा, यि हुन् बन्न लागेको आठ कानुन

देशकै सबैभन्दा ठूलो महानगर पोखरा महानगरको चौंथो नगर सभा, यि हुन् बन्न लागेको आठ कानुन

nagar palika 1

पोखरा । पोखरा महानगरपालिकाको चौथो नगरसभा शुक्रबार सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आठ वटा कानूनका मस्यौदा प्रस्तुत गरिएको भएको छ । नगर सभामा महानगर विधायन समितिका संयोजक शोभामोहन पौडेलले विधेयकहरु सभामा प्रस्ततु गरे ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत भयो । नगरसभामा बोल्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै संघ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए । उनले नगर सदस्यहरुले मस्यौदा अध्ययन गरेर आवश्यक र महत्वपूर्ण विषय संसोधनका लागि सुझाव दिन अनुरोध गरे ।

जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनँले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए । उनले मस्यौदा अध्ययनका लािग शनिबार एक दिन समय दिएको बताउदै बैठक आइतबार विहान ११ बजेटसम्मका लागि बैठक स्थागित भएको जानकारी दिए ।

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी आइतबारै सभाबाट पारित गरिने कार्यक्रम रहेको छ । नगरसभा बोल्दै नेपाली काँग्रेसका सचेतक रामजारज लामिछानेले विधेकका मस्यौदा अध्ययनका लागि एक महिना अगाडी नै दिनुपर्ने बताए । उनले सभामा मात्रै मस्यौदा दिदा अध्ययनका लागि समय कम हुने बताए । महानगरपालिकाले यसअघि ३९ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचन भएको करिब १९ महिना वितेको छ । १९ महिनाको बीचमा महानगरले दुई पटक बजेट अधिवेशन र एक पटक हिउँदे नगर सभा गरेको छ । नगर सभाबाट पारित भएका कानुनहरु स्थानीय राजप पत्रमा प्रकाशित भएर प्रमुखले प्रमाणित गरेपछि कार्यान्वयनमा आउँछ । यसैवीच नगरसभामा पोखरा महानगरपालिकाले प्रकाशन गरेको त्रैमासिक पत्रिका पोखरा दर्पणको विमोचन गरिएको छ । महानगरको परिचय, निर्वाचित जनप्रतिनिधि आएपछि भएका कार्य, आगामी योजना लगायत महानगरको बारेमा समेटेर तयार पारिएको उक्त पत्रिकाको महानगरका प्रमुख मानबादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले संयूक्त रुपमा विमोचन गरे । मेयरका प्रेस संयोजक माधव प्रसाद बरालको संयोजकत्वमा एकराज गिरी, नवराज सापकोटा, सोम लम्साल र मन क्षेत्री सदस्य रहेको पाँच सदस्यीय सम्पादक मण्डलले उक्त पत्रिका प्रकाशनको जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds