मुस्ताङ । मुस्ताङमा शुक्रबार राति यस वर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो ।
९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ । हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । हवाई सेवा पनि २४ घण्टाको लागि स्थागित गरिएको छ ।
पर्यटकीय सौन्दर्यतालाइ हरपल गिज्याइरहने मुस्ताङ हिजोदेखी भने सेताम्य हिउँले गर्दा मनमोहक देखिएको छ । स्थानीयहरु हिउँ खेल्ने गरेको दृश्यले मनलाई नै चन्चल बनाएको देखिन्छ । करिब ९ बर्ष पछि परेको यो भारी हिमपातले मुस्ताङबासिलाइ खुसी बनाएको छ ।
घासादेखी मार्फासम्म परेको १ फिट र कागबेनी आसपासबाट पर्न सुरु गरेको हिउँ लोमान्थाङ सम्मको करि २–३ फिट सम्म परेको छ । घाँसा हुदै लेते, कालोपानी, लार्जुङ, कोबाङ , टुकुचे, मार्फा, जोमसोम र उपल्लो मुस्ताङ कागबेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म भारी हिमपात भएको छ ।
यस बर्ष मात्रै करिब ५ पटकसम्म हिमपात भएपछि चिसो अत्यधिक मात्रामा बढेको छ । हिजो परेको हिउँले त झन् यहाँको जनजीवन नै अस्तव्यस्त भएको छ । शुक्रबार परेको हिमपातले गर्दा सिधा सवारी यातायात अन्तरगतका सडकहरु ठप्प रहेको छ । हिमपातले सडक पुरै हिउँ जमेको छ । सडकमा हिउँ जमेकै कारण दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी गुड्न सकिरहेको छैन । यसरी पहिलोपटक २–३ फिट्सम्म परेको हिमपातले मुस्ताङ बासिको दैनिकीलाई नै प्रभावित बनाइदिएको छ ।


डिएनए नेपालबाट
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ