पोखरा । कास्की एन्फा द्वारा आयोजित छैंटौं मनकामना केबलकार पोखरा कपको अन्तिम क्वाटर फाइनलमा नेपाल पुलिसले संकटा यूवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफको ११ औं मिनेटमा संकटाले पुलिस विरुद्ध गोलको खाता खोलेर दबाब दिने प्रयास गरे पनि त्यो सफल हुन सकेन । रोशन पाहारीको लामो पासलाई विपक्षीको डि बक्स भित्रै रहेका विदेशी खेलाडी म्याक्सवेल एलोनले वन टचमा बललाई गोलको दिशा देखाएका थिए ।
एक गोलले पछि परेको पुलिसले ३१ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै बराबरीमा ल्याएका थिए । संकटाको डि एरियामा रहेका निर कुमार राईले गोल गर्ने प्रयास रहेकै बेला अनमार्क रहेका रिजाललाई ब्याक पास दिंदै गोल गर्ने अबसर जुटाएका थिए ।
तिन जना बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको संकटा विदेशी खेलाडीकै गल्तिका कारण दोश्रो गोल हुन पुग्यो । खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी ताम्पी ऐरनेष्टले आफ्ना किपर राजा बाबु थापालाई दिएको ब्याक पासमा किपरले कलेक्ट गर्न ढिला गर्दा नजिकै रहेका रबी पासवानले गोल गर्ने अबसर पाए ।
खेलममा पुलिसका रबी पासवान घोषित हुँदै नगद पाँच हजारका साथमा ट्रफी पाए ।
खेलको पहिलो हाफमा आक्रमक खेलेको संकटाले दोश्रो हाफमा भने खेलको गतीलाई शुष्त पार्दै गोल फर्काउने प्रयास गरेको थियो । खेलको अन्तिम समयमा लक्ष्मण रुचालले मैदानको करिब २१ यार्ड टाढा बाट हानेको कडा प्रहारलाई पुलिसका किपर शत्रुधन चौधरीले आर्कषक रुपमा बचाएका थिए ।
खेल पछि प्रतिक्रिया दिंदै नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले गोल खाइ सक्दा पनि टिमले सम्हालिएर खेलको कारण जितको हकदार बनेको बताए । उनले भने–“हाम्रो राणनितीनै जित्नु थियो तर एक गोल उपहारका रुपमा पाँयौं जुन जितका लागि काफी थियो ।”
यता संकटाका सल्यान खडगीले आफ्नो टिमले रणनिती अनुसार खेलाडीले आक्रमक रुपमा खेलेको तर आफ्नै गल्तीले गोल खान पुगेको बताए ।
आइतबार पहिलो क्वाटर फाइनल खेल थ्रि स्टार र शसस्त्र प्रहरीका विच हुने आयोजकले जनाएको छ ।
पाेखरा स्पाेर्टस् डटकमबाट । तस्विर: गाेलनेपाल
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?