गुण्डा नाइके राजु गोर्खाली काठमाण्डौमा पक्राउ परेका छन् । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।आइतबार गोर्खालीलाई नयाँ बानेश्वर चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले गत वर्षदेखि भाडामा लिएर चलाएको थियो । मलमा सटरहरु अन्य व्यापारीलाई भाडामा दिने र व्यापारीसँग चर्को रकम असुल्दै आएका थिए। पैसा नदिए गुण्डागर्दी शैलीमा पसलमै ताला लगाउन थालेपछि व्यापारीको उजुरीको आधारमा गोर्खालीलाई पक्राउ गरिएको बताइन्छ ।
पृथ्वीचोक स्थित पोखरा सस्तो बजारका सञ्चालक समेत उनै हुन् । प्रहरीले गोर्खालीलाई संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। राजु गोर्खालीले २०५८ सालमा दरबारमार्ग स्थित रोयल क्यासिनोमा झगडा हुँदा राकेश लिम्बूको घाँटी रेटी हत्या गरेपछि चर्चामा आएका थिए। उनी ज्यान मुद्दामा १० वर्ष जेल बसेर ०६८ सालमा निस्किएका व्यक्ति हुन् ।
सुरुदेखि नै विवादित पोखरा सस्तो बजार अहिले विवादमा छ । अनुमति नै नलिई तला थपेर सञ्चालन गरेपनि महानगरले कारबाही नगरी लाचार बनेको छ । पोखरामा यसको व्यवस्थापन युवराज खतिवडाले गरिरहेका छन् ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला