गायक बद्री पंगेनीले लमजुङेलाई भावुक बनाए, नवीन र सम्झनाले छमछमी नचाए

गायक बद्री पंगेनीले लमजुङेलाई भावुक बनाए, नवीन र सम्झनाले छमछमी नचाए

bhotewodar festival (1)

श्यामशितल परियार, लमजुङ ।  लोक दोहोरी गायक बद्री पंगेनी, नवीन पौडेल र सम्झना भण्डारी शनिबार प्रथम भोटेओडार महोत्सवमा आउने थाहा पाएसंगै बिहानैदेखी महोत्सव स्थलमा दर्शक÷श्रोताको भीड लागेको थियो । गायक÷गायिकाको प्रस्तुती हेर्न लमजुङेहरु आतुर थिए ।

दिउँसो सवा ३ बजे जव लोकदोहोरी गायक नवीन पौडेल स्टेज चढी ‘के सम्झनु छ र ……’ बोलको गीत गाए । एकाएक महोत्सवको माहोेल तात्यो । गायक पौडेलले गाउँदै, नाच्दै, दर्शकलाई पनि संगै छमछमी नचाए । साथमा उनले ‘मन परेरै हो….,’ ‘बुलाकी लाउँदिनौँ, झुम्काना लाउँदिनौँ……,’ ‘के सम्झनु छ र……,’ ‘सुदूरपश्चिम घर मेरो…..,’ ‘फुलेको तोरीलाई……,’‘श्रीनगर बतासैँ डाँडैमा…..’ लगायतका आफ्ना गीतहरु प्रस्तुत गरे ।

यसैगरी, महोत्सवमा गायिका सम्झना भण्डारीले पनि दर्शक दीर्घामा पुगी गीत गाउँदै दर्शकलाई छमछमी नचाईन् । गायिका भण्डारीले ‘भीरैको घाँस….,’ ‘छिनछिन बज्ने चुरा…..,’‘कैल्यै हो त सानु….,’‘मेरो माया बसेको ठाउँमा……,’लगायतका गीतहरु गाएकी थिईन् ।

गीत, नाचमा झुमेको माहोल एकाएक भावुक बन्यो । जव साँझ ५ बजे लोक दोहोरी गायक बद्री पंगेनी स्टेज चढी परदेशी छोेराको वेदना समेटिएको ‘आमा बिदा पाउँदिन….,’ बोलको गीत गाए ।  उनको यो गीत सुनेर विशेषगरी ः वृद्ध बाआमा भावुक बनेका थिए । आफ्नो गीतबाट भावुक बनेका दर्शकलाई गायक पंगेनीले ‘रातो अनि तातो पछ्यौरी…,’ ‘दाईको ससुरालीमा….,’ लगायतका आफ्ना चर्चित गीत गाएर फेरी छमछमी नचाएका थिए ।

महोत्सवकै अवसरमा गायक प्रकाश न्यौपाने, स्थानीय कलाकार जुना परियार, पासाङ गुरुङ, युगेश परियार लगायतले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds