पोखरा (हाम्रो खेलकुद) – उपाधिको दाबेदार मध्येको एक थ्री स्टार क्लबलाई १–० ले स्तब्ध बनाउदै विभागीय नेपाल एपीएफ क्लब छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले खेलको शुरुवाती मिनेटमै गरेको गोल नै निर्णायक भएको हो । एपिएफका लागि सन्तोष श्रेष्ठले खेल शुरु भएको २६ सेकेण्डमै गोल गरेका हुन् । त्यसपछि थ्री स्टारले खेलमा पकड जमाएपनि एपीएफको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो ।
यता, एपीएफल लिएको अग्रता खेलको अन्त्यसम्म बचाइराख्न सफल भयो । उत्कृष्ट प्रदर्शन गरेका एपीएफका डिफेन्डर रमेश दंगाल खेलको म्यान अफ दि म्याच घोषित भए ।
बिजयी भएपछि पोष्ट म्याच कन्फिरेन्समा बोल्दै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले रक्षापंक्ती बलियो बनाएर काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीतिमा आफू सफल भएको बताउँदै जितप्रति खुशी व्यक्त गरे । उनले पहिलो सरप्राइज गोलका कारण बलियो टीम थ्रीस्टारबिरुद्ध जित निकाल्न सकिएको बताए ।
पराजित थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलको पहिलो मिनेट नबित्दै सरप्राइज गोल खानु नै हारको प्रमुख कारण भएको बताए । उनले बिपक्षी एपिएफका खेलाडीले आफ्नो बलियो टिमलाई ९० मिनेटसम्म रोक्न सक्नु उनीहरुको सफलता भएको उल्लेख गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र डफिन्स टिम फेमेली क्यामरुन प्रतिष्पर्धामा उत्रिनेछन् । आर्मी बाई पाएर क्वाटर फाइनलमा आएको हो भने क्यामरुन च्यासल युथ क्लवलाई पराजित गर्दै क्वाटरफाइनलमा आइपुगेको हो ।
Pic. GoalNepal
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला