काठमाडौं । यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा वर्षाका कारण १० ओभरमा छोट्याइएकोमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए ।
यूएईको सुरुवात भने निकै राम्रो थियो । नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन । पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन । ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए । चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे । पारसले १४ बलमा २९ रन बनाए । आक्रामक पारी खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए ।
विनोदले १३ बलमा २१ रन बनाए । करण केसीले ५ बलमा १० रन बनाए । अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो । तर, १० रन जोडेको थियो । यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २-२ विकेट लिए ।
टी-२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय सिरिज खेलेको थियो । दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा २-१ को कब्जा ।
युवा खेलाडीहरुले भरिएको नेपालले पहिलो एकदिवसीय र टी-२० सिरिज जितेको छ । साथै रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए ।
सम्बन्धित खबर
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै