गोरखा । मिस गोरखा २०१८ को ताज नेहा श्रेष्ठले जितेकी छिन् । शनिवार भएको फाइलनमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै गोरखा नगरपालिका वडा नम्बर ६ की श्रेष्ठले उपाधीसँगै नगद ५० हजार र अन्य आर्कषक पुरस्कारहरु जितेकी हुन् । बिमला श्रेष्ठ र बिनोद प्रसाद श्रेष्ठको कोखबाट २०५४ साल पुस २१ गते जन्मिएकी नेहा द्रव्यशाह बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्यरत छिन् । उनलाई पहिलो मिस गोरखा इसा शाहले दोश्रो मिस गोरखा २०१८ को ताज पहिर्याएकी हुन् ।
यसैगरी फस्ट रनर अफको उपाधी किरण घलले जितेकी छिन् । उनले नगद ३० हजार सहित विभिन्न आर्कषक पुरस्कार पाएकी छिन् । प्रतियोगितामा सेकेन्ड रनर अफ प्रिती थापा घोषित भएकी छिन् । उनले नगद २० हजार सहित विभिन्न पुरस्कार पाएको आयोजक सौन्र्दय कला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिईन् । मिस गोरखा २०१८ को थर्ड रनर अफको भने प्रिती गैरे चुनिएकी छिन् । उनले नगद १० हजारका साथमा अन्य पुरस्कार पनि पाएकी छिन् ।
प्रतियोगिताको बेस्ट फिगर अवार्ड पवित्रा बयल्कोटी, मोस्ट हार्डवर्किङ अवार्ड शान्ता श्रेष्ठ, बेस्ट ट्रेनी अवार्ड प्रिती गैरे, बेस्ट स्माइल अवार्ड प्रिती थापा, मोस्ट पङ्चुअल अवार्ड शान्ती तमाङ, मोस्ट स्टाइसिस् अवार्ड निकिता घले र मोस्ट फ्रेण्डली अवार्ड अनु शाक्य पाएकी छिन् । यसैगरी बेस्ट वाल्क अनुश्का सुनार, बेस्ट फोटो जेनिक नेहा श्रेष्ठ, मोस्ट डिसिप्लिन सिता सुनार, मोस्ट ट्याल्डटेड किरण घले र मोस्ट भिवर च्वाइस अवार्ड अनुश्का सुनारले जितेकी छिन् ।
सौन्र्दय कला व्यवसायी संघको आयोजना भएको उक्त कार्यक्रमको फाईलनमा ख्यातिप्राप्त सौन्दर्यकर्मी, फोटो विज्ञ, कोरियो ग्राफर लगायत विभिन्न व्यक्तिहरुले अन्तिम निर्णय गरेका हुन् । गोरखाकाली चलत्रि मन्दिरमा भएको समापन कार्यक्रममा कालिका कला केन्द्रका कलाकारहरुले सास्कृतिक प्रस्तुति समेत देखाएका थिए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु