पोखरा । गोलरक्षक राजु नगरकोटीको उत्कृष्ट प्रदर्शनले एपीएफ मनकामना केबुलकार पोखरा कपको फाइनलमा पुगेको छ । जापानबाट नेपालमा पहिलो पटक खेल्न आएको रोश्सी यूनिर्भसिटीको टिम विरुद्ध नगरकोटी चुम्कझैं खडा भए ।
खेलको पूर्ण अवधी र त्यसपछि थपिएको ३० मिनेटसम्म नगरकोटीले जापानी प्रहारहरुलाई जोगाइनै रहे । एपीएफले अन्ततः टाइब्रेकरमा जापानको रिश्सो युनिभर्सिटीको टीमलाई ४–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
वर्षाका कारण एक दिन स्थगित गरी शुक्रबार हिलाम्य मैदानमा खेलाइएको प्रतिष्पर्धामा जापानी टिम लोभलाग्दो प्रदर्शनीबीच पनि फाइनल यात्रा तय गर्न असफल बन्यो । उसका दर्जनौं प्रहारले लिगको पाँचौ स्थानमा रहेको विभागीय एपीएफको डिफेन्स चिर्न सकेन ।
उता, पेनाल्टी सुटआउट समेत उत्कृष्ट बचाउ गरेका एपीएफ कीपर नगरकोटी म्यान अफ दी म्याच घोषित भए । पाहुना टोलीबाट नातसुकी ताकेदाको पहिलो प्रहार नगरकोटीले बचाएका थिए भने तेस्रो प्रहार गरेका आकिरा इमामुरोले पेनाल्टी प्रहार क्रस बार बाट बाहिरिन पुगेको थियो ।

निर्धारित ९० मिनेटको खेलमा गोलको जालो बुन्न नसकेपछि एपीएफको टाइब्रेकरमा पु¥याउने रणनीति अन्ततः सफल भयो । एपीएफबाट सुदीप सिंखाकार, आशीष लामा, राजीव लोप्चान र राजु नगरकोटीले पेनाल्टीमा गोल गरेका हुन् । जापानका क्याप्टेन ताकुया हितोमीले प्रहार गोलमा परिणत भएको थियो ।
जितपछि एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले खेलमा आफूले सोचे जस्तै रणनिती पूर्ण रुपमा सफल रहेको र विपक्षीलाई रोक्ने प्रयास पनि सफल रहेको हुनाले फाइनलमा स्थान पक्का गरेको बताए ।
जापानीज टिमका कोच टुकुरियो ताकेसीले आफ्नो टिमको रिबाउण्ड बलमा आफूहरु कमजोर र विपक्षी वीन हुँदा स्कोर हुन नसकेको बताए । नेपालमा दुई विभागीय टीम नेपाल पुलिस र एपीएफसँग खेल खेलेको उसले नेपालकी फुटबल कौशल राम्रो रहेको बताए ।
शनिबार मनाङ र क्यामरुनको डफिन्स क्लबका विच दोश्रो सेमीफाइनल खेल हुने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।
तस्विरः गोलनेपाल
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो