गण्डक न्यूज- ०१,फागुन । अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले यहि फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन”लाई सहयोग गरेका छन ।
पोखरा स्थित भूतपूर्व खेलाडी मंचको कार्यालयमा पुगेर मंचका अध्यक्ष तेज गुरुङलाई समाजसेबी तथा खेलप्रेमी यम पौडेलले बोस्टन र ह्याम्पशायरमा नेपालीहरुले स्वत स्फूर्त रुपमा संकलन गरेको ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन । पोखरा म्याराथनलाई पहिलो पटक अमेरिका बाट यस्तो सहयोग प्राप्त भएको हो ।
यसरी पोखरा म्याराथनलाई सहयोग गर्नेहरुमा बोस्टन र ह्याम्पशायरका सोम गुरुड़, कृष्ण खनाल, भुवन गुरुङ, यम पौडेल, झक गुरुङ, रत्न गुरुड़, टोप गुरुड, माधव रानाभाट, शम्भु गुरुड़, किरण खड़का, दिपेन्द्र लामीछाने, कर्साङ लामा, हरि ढकाल, रुप शाक्य, सुन्दर गुरुङ, वरेगन विष्णु कार्की, भक्त गुरुड़, खडग गुरुड़, राजेश गुरुड, बिकास गुरुङ, जेशिका गुरुङ, सुर्य गुरुङ, धिरज पुन, पुष्कर न्यौपाने गौरव थपलिया, मिन गुरुङ, शुरेन गुरुङ, दिल गुरुङ ९माईकल० र अमेरिका ओरेगनका नारायण गुरुङ रहेका छन । सहयोग गर्ने मध्ये न्यू ह्याम्शायरका सोम गुरुङ मंचका आजिवन सदस्य समेत हुन ।
रकम हस्तान्तरण पछि बोल्दै पोखरा म्याराथनका सहयोगी याम पौडेलले पोखरा म्याराथन जस्तो कार्यक्रममा सहयोग गर्न पाउँदा बोस्टन र ह्याम्पशायरका नेपाली निकै खुसी रहेको बताए । आगामी दिनमा पनि बोस्टन र ह्याम्पशायरका नेपालीहरुले पोखरा म्याराथनलाई सहयोगको निरन्तरता दिने समेत उनले बताए ।
सो अबसरमा मंचका अध्यक्ष गुरुङले देश विदेशमा रहेका नेपालीजनहरुले पोखरा म्याराथनलाई सफल गराउन आ–आफ्नो तर्फ बाट खेलेको भूमिका प्रती आभार व्यक्त गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुली, महासचिब खेम गुरुङ, कोषाध्यक्ष मंजुलमान श्रेष्ठ, कार्यसमिती सदस्य योगेन्द्र बस्नेतको उपस्थिती रहेको थियो ।
अमेरिका स्थित बोस्टन शहरमा आयोजना हुने बोष्टन म्याराथनका लागि चर्चित शहर मध्येको एक हो । बोष्टन र ह्याम्पशायरका नेपालीले बोस्टनलाई पोखरा म्याराथन संग जोडनका लागि ५ सदस्यिय समिती समेत गठन गरेका छन । उक्त समितीमा भूवन गुरुङ, सोम गुरुङ, सुन्दर गुरुङ, धिरज पुन र किरण खडका रहेका छन ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?