पोखरा । नेप्लिज इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० प्रतियोगिताको उपाधि टप्स माविले जितेको छ । आइतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रतिभालाई १७ रनले पराजित गर्दै टप्स माविले उपाधि जित्न सफल भएको हो ।
टप्सले मेखबहादुर सेनको नट आउट ८८ रनको मद्दतले २० ओभरमा ११० रनको योगफल तयार पारेको थियो । १११ रनको लक्ष्य पछ्याएको प्रतिभाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै केवल ९३ रन मात्रै बनायो । फाईनल खेलको जे ४ स्पोर्टस म्यान अफ दि म्याच भने मेखबहादुर सेन भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन, जे ४ स्पोर्टसको सहप्रायोजन तथा ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको विजेताले २५ र उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
म्यान अफ दि सिरिज मेखबहादर सेन ९१८१ रन ५ विकेट० घोषित भए । प्रतिभाका जगदिश घिमिरे बेष्ट ब्याट्सम्यान ९९७ रन० घोषित हुदाँ हिमालयन बोर्डिङका अमन श्रेष्ठ बेष्ट बलर९१० विकेट० घोषित भए । ह्वाई वरी इभेण्ट म्यानेजमेन्टले प्रायोजन गरेको इर्मजिङ प्लेयरको पुरस्कार भने हिमालयनका आदित्य थापाले पाए ।
प्रतियोगितामा विजेता तथा उपविजेता विद्यालयका खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख९मेयर० मानबहादुर जिसी, मुख्य प्रायोजक नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिका प्रबन्ध निर्देशक नारायण पहारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, ह्वाईवरी इभेण्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष भगवान श्रेष्ठ, निर्देशक विधान श्रेष्ठ, प्रतियोगिता संयोजक भोज बराल, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, खेलकुद पत्रकार मञ्च कास्कीका पुर्व अध्यक्ष विनोद लामिछाने लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा सहभागी १२ विद्यालयलाई समेत क्रिकेट ब्याट प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो