१७ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन ९ गतेबाट सुरु हुने प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले भने ४ लाख १ हजार रुपैयाँको साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्षको तुलनामा यसवर्ष विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार राशिमा वृद्धि गरिएको हो ।
१० दिनसम्म चल्ने प्रतियोगितामा लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब सुनसरी, विभागीय टोली, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) विदेशी टिम डफिन्स फेमिली टिम क्यामरुन, युनाइटेड सिक्किम भारत र आयोजक गरी १० टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
एन्फाको कारण यसपटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिन पुगेको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । उनले आहा रारा फुटबल प्रतियोगिताको इतिहासमै १२ दिनसम्म सञ्चालन हँुदै आएकोमा यसपालि एन्फाले खेल तालिका १० दिनको बनाएको बताए । यसअघि आहा रारामा १२ टिमको सहभागिता भएको बताए । करिब ३ हजार दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण गर्ने उनले जानकारी दिए ।
प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैयाँ बचत गरिने लक्ष्य राखिएको छ । बचत रकमलाई क्लबले कठिन परिस्थिति एवं विपन्न वर्गका बालक सम्मिलित सहारा फुटबल एकेडेमीमा लगानी गरिने वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङले बताए । हाल तेस्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालक आश्रित छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई यसवर्ष भने स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट १ जनालाई सम्मान गरिने क्लबले जनाएको छ । यसको पुरस्कार राशि ३५ हजार छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।
त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने महासचिव विश्वराज बरालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बल एपिएफबीच हुने बरालले बताए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह