तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० स्थित डिहिगाउँमा मंगलबार देखि प्रथम अनन्त कप सुरु भएको छ ।
अनन्त युवा क्लबको आयोजनामा सुरुको भएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार र दोस्रो हुने टिमले ३५ हजार पुरस्कार पाउने अनन्त युवा क्लबको अध्यक्ष राजु भुजेलले बताए ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा प्रमुख अतिथि न्यौपानेले युवा क्लबले गर्ने फुटबल प्रतियोगिताले युवाहरु संगठित गर्ने सहयोग पुर्याएको बताए ।
सहरी विकासमा अघि बढेको डिहिगाउँ अब खेलकुदले अझै सहयोग पुर्याउने प्रमुख न्यौपानेले बताए । व्यास नगरपालिकाले खेलक्षेत्र लाई व्यवस्थित गर्न सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
“शारीरिक एवं बौद्धिक विकास र स्वास्थ्य जिवनको लागी फुटबल” भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना भएको हो । उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको अनन्त युवा क्लबका अध्यक्ष राजु भुजेलले जानकारी दिए ।
उद्घाटनको पहिलो आयोजक डि र सर्वज्योति पिस होम क्लब बीच भएको खेलमा सर्वज्योति पिस होम क्लब १-० गोल अन्तरले विजयी भएको छ । त्यस्तै सिमलटार युवा क्लब र फराकचौर युवा क्लब बीच भएको खेलमा सिमलटार युवा क्लब २-१ गोल अन्तरले विजयी भएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा व्यास-१० का वडाअध्यक्ष तुल्सीराम सापकोटा, व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्का, युवा नेता चिरञ्जीवी अधिकारी, सर्वज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सिना लगाएको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला