तनहुँ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा आयोजित आइटिएफ तेक्वान्दो छनौट प्रतियोगितामा तनहुँलाई दुई स्वर्ण सहित सात पदक हात परेको छ ।
८५ केजी तौल समूहमा व्यास १० का सुदिप आचार्य र ४६ ५० केजी तौल समूहमा शुक्ला गण्डकी २ नर्सरीका धनबहादुर तामानले स्वर्ण पदक जितेका हुन् । सोही खेलमा बन्दना तामान, सोमबहादुर गुरुन, उत्तम थापाले रजत पदक जितेका हुन् ।
कास्य पदक विजेतामा आशीष थापा र मालती तामाङ्ग रहेका छन् । पोखरामा भएको छनौट प्रतियोगिता क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषदले आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
आठौँ खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा भन्ने मूल नाराका साथ सञ्चालित सो प्रतियोगितामा विजेतालाई प्रदेश ४ का युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषदका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । विजेता खेलाडीहरुलाई आटीएफ तेक्वान्दो संघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बधाई ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’