तनहुँ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा आयोजित आइटिएफ तेक्वान्दो छनौट प्रतियोगितामा तनहुँलाई दुई स्वर्ण सहित सात पदक हात परेको छ ।
८५ केजी तौल समूहमा व्यास १० का सुदिप आचार्य र ४६ ५० केजी तौल समूहमा शुक्ला गण्डकी २ नर्सरीका धनबहादुर तामानले स्वर्ण पदक जितेका हुन् । सोही खेलमा बन्दना तामान, सोमबहादुर गुरुन, उत्तम थापाले रजत पदक जितेका हुन् ।
कास्य पदक विजेतामा आशीष थापा र मालती तामाङ्ग रहेका छन् । पोखरामा भएको छनौट प्रतियोगिता क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषदले आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
आठौँ खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा भन्ने मूल नाराका साथ सञ्चालित सो प्रतियोगितामा विजेतालाई प्रदेश ४ का युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषदका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । विजेता खेलाडीहरुलाई आटीएफ तेक्वान्दो संघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बधाई ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?