बागलुङ – सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएको छ ।
बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालतमा आइतबार विवाह दर्ता गरे ।
पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेका हुन् ।
दुई वर्ष अघि देखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेका थिए । नेपालको ग्रामिण बासिन्दा झैँ बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरे । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए ।
केटीका तर्फबाट भने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर पुगेकी थिईन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताईन् ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार यो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।
‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”
कानुनी रुपमा बलियो बनेर उनीहरुले गरेको औपचारिक विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्लिम बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी