पोखरा, १४ फागुन । साविक विजेता नेपाल पुलिसलाई हराउँदै क्यामरुनको दाफिन्स फ्यामिली टोली पोखरामा जारी १७ औं संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिसलाई २–१ ले पराजित गर्दै दाफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो हो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गरेको गोलले दाफिन्सले सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यसअघि खेलको ३७ औं मिनेटमा बिजिकको गोलबाट दाफिन्सले खेलमा अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई बक्सभित्रबाट हाफ भली प्रहार गर्दै उनले गोलमा परिणत गरेका थिए ।
खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । तर, पुलिसले दाफिन्सलाई अतिरिक्त समयमा रोक्न सकेन । खेलको अन्तिम समयमा पुलिस १० खेलाडीमा समेटिएको थियो । पुलिसका हरि कठायतले रातो कार्ड पाएका थिए ।

यसअघि, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार दाफिन्सले पुलिसलाई सडनडेथमा पराजित गरेको थियो । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेल हुनेछन । पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल एपीएफ क्लब र रुस्लान थ्री स्टार क्लबबीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र दाफिन्सबीच खेल हुनेछ । दाफिन्सले लगातार तीन प्रतियोगिता जितेर उपाधिमाथि नै ह्याट्रिक गरेको छ । पोखराको मनकामना केबलकार कप जितेको क्यामरुने टोलीले धरानमा बुढासुब्ब ागोल्डकप र बुटवलमा हिजोमात्रै तिलोत्तमा गोल्डकप जितेको हो ।

प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।
त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला