पोखरा, १५ फागुन । थ्री स्टार क्लब पोखरामा जारी १७ औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । विभागिय टोली एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै थ्रि स्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो । थ्रीस्टारले गत वर्षपनि फाइनलमा पुगेको थियो तर पुलिससँग १–० ले हार्दै उपविजेतामा सीमित बनेको थियो ।
पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण खेलअघि नै दुवै टोलीले ९० मिनेटसम्म बराबरी भएको खण्डमा सिधै टाइब्रेकरमा पुग्ने सहमति गरेका थिए ।

टाइब्रेकरमा रुस्लान थ्री स्टारका लागि रञ्जित धिमालले पहिलो प्रहार गोलमा परिणत गरे । लगत्तै एपीएफको लागि पहिलो पेनाल्टी लिएका गरेका सुदीप सिख्राकरको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । थ्री स्टारका बुद्ध चेम्जोङको प्रहारलाई रोमन रसाइलीले विफल पारेपछि एपीएफका आशिष लामाले गोल गर्दै स्कोर बराबरमा ल्याए ।
सुनील बलले थ्री स्टारको तेस्रो प्रहार टप कर्नरमा गोल गर्दा एपीएफका सन्तोष कटुवालले पनि कुनै गल्ति गरेनन् । त्यसपछि थ्री स्टारका रुपेश केसीले सहजै गोल गर्दा एपीएफका विकि लामाले निकै खराब पेनाल्टी लिँदै प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । त्यसपछि अनन्त तामाङले पाँचौ पेनाल्टीमा गोल गर्दै थ्री स्टारको फाइनल यात्रा तय गरे ।

दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स टिमबीच
आहा रारा गोल्कडप अन्तर्गत दोस्रो सेमिफाइनल आज त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स टिमबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टीम क्वार्टरफाइनलबाट खेलेका हुन् । अन्तिम चार प्रवेशका क्रममा आर्मीले हिमालयन शेर्पालाई पराजित गरेको थियो भने दाउफिन्सले साविक विजेता नेपाल पुलिसलाई पराजित गरेको थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान