तनहुँ । एक सातादेखि वेपत्ता एक प्रहरी मादी नदीमा मृत अवस्थामा भेटिएका छन्। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्युठान घर भएका २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मगरको कुरिनटारबाट आएको शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोथाखोर टोलीले खोजी गर्ने क्रममा चौकी नजिकै रहेको नदीको रहमा शव भेटेको हो । उनको शव ढुंगाको खोचमा मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
‘पोखराबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर प्रहरीको टोलीले सम्भावित क्षेत्रहरुमा खोजी गर्दा पनि पत्ता लगाउन सकेको थिएन,’ उनले भने ‘कुरिनटारबाट आएका सशस्त्र प्रहरीको उद्धार टोलीले नदीको खोँचमा शव भेटाएको हो।’
फागुन १५ गते राति १० वजे ड्युटी सकेर चौकीका घरधनी शैलेन्द्र घिमिरेसँग निस्केका प्रहरी जवान मगर एक्कासी वेपत्ता भएका थिए। घिमिरे घर फर्केर आए पनि प्रहरी जवान मगर वेपत्ता भएका थिए। घटना शङ्कास्पद भएकाले घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’