काठमाडौं । हाम्रो समाजमा यौनका कुरा गर्न त्यति सहज छैन । र पनि यो धुर्व सत्यनै भन्नु पर्छ यौन सवै मानिसको लागि प्राय आवश्यक छ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ ।
आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा २–३ पटक सेक्स गर्दा विभिन्न रोगहरुका लागि फाइदाजनक हुने बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । हामीले यस बिषयमा छोटकरीमा चर्चा गरेका छौं ।
टाउको दुख्नेः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको थियो ।
ब्लड प्रेशरः यसैगरी उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।
प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको दाबी छ ।
हृदयघातबाट कम खतराः नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।
मोटोपनः मोटोपनको समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर