पोखरा, २५ फागुन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा खेल पत्रकारहरुले खेलकुदका संघसंस्थाले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले हरेक वर्ष नयाँ खेलाडीलाई प्राृत्साहन र खेलमा जिवन समर्पित गरेका खेलाडीहरुको सम्मानका लागि स्पोर्टस् अवार्ड गर्दै आएको स्मरण गर्दै यो काम खेल संघसंस्थाले गर्नुपर्नेमा पत्रकारले सहयोग मागेर भएपनि गरेको भन्दै धन्यवाद प्रकट गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनमा प्रमुख अतिथि राखेप सदस्य गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । अध्यक्षको आसनबाट मञ्च अध्यक्ष केशव पाठकले विगतको तुलनामा मञ्च बृहत् बन्दै गएको र यसले पोखरामा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड यहाँको थप चिनारी बनेको बताए । उनले कार्यकालमा सघाउने सम्पूर्णमा आभार व्यक्त गरे ।
यस्तै, संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा मञ्चले वेवसाइट लञ्च गरेको छ । www.nsjfgandaki.com तथा www.nsjfgandaki.org पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले लञ्च गरेका हुन् ।
पोखरा स्पोर्टस् लगायत महत्वपूर्ण इभेन्टका तस्वीर, भिडियो, कार्यसमिति तथा सदस्यको नामावली, प्रेस विज्ञप्ति, सूचना, प्रतिवेदन रहने छन् । साथै कसैले खेलसम्बन्धी समाचार पोष्ट गर्न सक्ने फिचर राखिएको महासचिव रञ्जन अधिकारीले जानकारी दिए ।
मञ्च उपाध्यक्ष दीननाथ बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव रञ्जन अधिकारी संचालन गरेका थिए । बन्दसत्रले महासचिव अधिकारी र कोषाध्यक्ष विजय नेपालको कोषाध्यक्षको प्रतिवेदन पारित गर्यो । ०५७ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय समिति कास्की यस वर्ष गण्डकीको नाउँमा दर्ता भएको हो । अधिवेशनमा मञ्चका ५१ जना सदस्य प्रतिनिधि थिए ।

खेलकुद पत्रकार मञ्च गण्डकीमा गिरी निर्वाचित
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
गिरीले प्रतिष्पर्धी दिननाथ बराललाई १ मतले पराजित गरे । गिरीको पक्षमा २४ मत आयो भने बराललाई २३ जनाले मत दिए । एक मतपत्रमा दुवैलाई मत नदिएकाले बदर हुन पुगेको निर्वाचन समितिले जनाएको छ । कूल ५१ जना सदस्य रहेको मञ्चमा तीन जना अनुपस्थित थिए । गिरी पूर्व सचिव हुन् भने बराल निवर्तमान उपाध्यक्ष हुन् । अन्य पदाधिकारी र सदस्य निर्विरोध चुनिए ।

रञ्जन अधिकारी उपाध्यक्ष पदमा सर्वसम्मत भए । बिग एफएमका स्टेशन म्यानेजर, गण्डक न्यूजका सम्पादक अधिकारी कोषाध्यक्ष, सचिव, महासचिव हुँदै उपाध्यक्षमा चुनिएका हुन् । निवर्तमान कोषाध्यक्ष विजय नेपाल महासचिव, राजाराम पौडेल सचिव, शशी पौडेल कोषाध्यक्ष निर्विरोध चुनिए । तीन वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा खुल्लातर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर चुनिए ।
खेलकुद पत्रकार मञ्च जिल्लाबाट प्रादेशिक स्तरमा रुपान्तरण भएको हो । रोचक के छ भने मञ्चको लगातार ३ अधिवेशनसम्म अध्यक्ष पद निर्वाचनमा मात्र १ मतअन्तर हुँदैआएको छ । यसअघि प्रेमनारायण न्यौपानेले सागरराज तिमिल्सिना र केशव पाठकले सन्देश श्रेष्ठलाई जित्दा प्रत्यासीसँग १ मतअन्तर परेको थियो ।
यसैबीच, निर्वाचित गिरीले आगामी दिनमा मञ्चलाई अझै बढाउन दत्तचित्त भै लाग्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षका प्रत्यासी बरालले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
अधिवक्ता लीलाबल्लौ न्यौपाने संयोजक रहेको निर्वाचित समिति सदस्यमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र अधिवक्ता विष्णु अधिकारी थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला