तनहुँ । समाजमा बाबु आमाको निधन भए पश्चात क्रिया बस्ने छोरा चाहिन्छ भन्ने अन्धविस्वास यथावत् रहेको छ । तर, तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ५ मा भने सामाजिक अन्धविस्वासलाई तोड्दै आमाको क्रिया छोरी ज्वाई बसेका छन् ।
आमा भावी थापाको ८७ बर्षको उमेरमा निधन भएपछि छोरी ज्वाईले दागवत्ती दिएर काजक्रियमा बसेका हुन् ।
मृतक महिलाको छोरा नभएको र तीन छोरी मध्ये कान्छी छोरी र ज्वाईले छोरा मात्रै सन्तान हुन भन्ने सामाजिक कुरीतिलाई चिर्दै छोरा बुहारीको भूमिका निर्वाह गरेका हुन् ।
‘आमाको दाहसंस्कारको दिन आफन्तजनहरुलाई काजक्रियामा बस्ने गरी कोही आउनुभएको छ भन्दा कसैले चासो नदेखाएपछि हामी छोरी ज्वाई आमाको काजक्रिया गर्न तयार भएका हौ ।’ छोरी लिलावतीले भनिन् ।
समाजको संस्कार अनुरुप १३ दिन सम्म गर्नुपर्ने सबै कर्तव्य पुरा गछौ उनले भने छोरा मात्रै सन्तान नभई छोरी पनि सन्तान भएकोले आमाको काजक्रियामा बसेका हौ ।
जन्मे देखि बिहे भएर जाँदासम्म आमाकै साथमा रहेपनि विहेपश्चात पनि आमालाई सँगै राखेकी छोरी लिलाबतीले भनिन्— “म १५ दिनको हुँदा बुबा बित्नु भएछ, त्यतिखेर केहि थाहा भएन, अहिले केहि बुझ्ने भएकी छु,त्यसैले अहिले छोरा सरह नै काजक्रियामा बसेकी हुँ ।”
“बाबु आमाको मृत्युपर्यान्त काजक्रिया छोरीले गर्न पाउनु कर्तव्य मात्रै नभएर हक अधिकारको रुपमा लिएको छु”, ज्वाई काजीरामले भने “हामीले गरेका कार्यले समाजका अन्य मानिसहरुलाई समेत सकारात्मक सन्देश दिन सक्ने विश्वास लिएको छु ।”
थापाको मृत्यु पर्यान्त गरिने कर्मकाण्डको लागि सहयोग गरिरहेको पण्डितले यस क्षेत्रमा धेरै स्थानहरुमा पितृकार्य गर्न पुगेपनि छोरी ज्वाई क्रियामा बस्ने कतै नदेखेको बताए । ‘ज्वाईलाई मृतक आमाले छोराकै रुपमा स्वीकार गरेकाले उहाँलेहरुले छोरा बुहारीले पितृकार्यमा पु¥याउने सवै प्रकृया पुरा गर्दै आउनुभएको छ ।’ उनले भने ।
मृतक परिवारलाई सान्तवना दिन पुगेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले छोरा छोरी बीचको बिभेदपूर्ण व्यवहारलाई चिर्दै समाजमा छोरी ज्वाईले काजक्रियामा बसेर उदाहरणीय कार्य गरेको बताए ।
यता थापाका छिमेकी समेत रहेका युवा संघ नेपालका केन्द्रिय सदस्य कमल ढकालले छोरा र ज्वाईलाई समान रुपमा हेर्नुपर्ने मान्यतालाई सुरु गरेको बताए । ‘छोरी आमा बुवाको क्रिया बसेको थापा पाए पनि ज्वाई नै क्रियामा बसेको थाहा पाएको थिइँन, नौलो लागिरहेको छ ।’
सम्बन्धित खबर
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन