सुर्खेत :- फेसबुकमै चिनजान हुने, अनि फेसबुककै आधारमा सम्बन्धहरु स्थापना गर्ने त्यसपछि भेटघाट गर्न जाने अधिकांस ब्यक्तिको बानी नै बसिसकेको छ।
तर, यसरी भेटघाट गर्नुअघि धेरै कुरा सोच्नुपर्छ भन्नेतर्फ हाम्रो ध्यान नै जाँदैन। अब सबैले यस्तो बानीमा सुधार गर्नुपर्ने देखिएको छ। किनकी जुनसुकै अपरिचित व्यक्तिले तपाईंसँग भेट गरेर फाइदा उठाउन सक्छ।
सुर्खेतमा फेसबुकबौ चिनजान गरि भेट्न गएकी १५ वर्षीया किशोरी सामुहिक बलात्कारको सिकार भएकी छिन्। फागुन २६ गते फेसबुकबाटै चिनजान भएका किशोरलाई भेट्न जाँदा उक्त किशोरी सामुहिक बलात्कृत भएकी हुन्।
शुक्रबार दिउँसो २ बजे वीरेन्द्रनगर स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले उनलाई सामुहकि बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएका छन्।
वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको गरेको आरोपमा एक जना १६ बर्षभन्दा मुनिका किशोर रामहादुर (नाम परीवर्तन) लाई पक्राउ परेका छन् भने उनका साथी १७ बर्षीय रितिक रोशन (नाम परीवर्तन) फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका किशोर र किशोरी बिच बिगत २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु