विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई पक्रेर कारबाही गर्न सत्तारुढ नेकपाका एक युवा नेताले माग गरेका छन् । नेकपानिकट अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेले टेलिभिजनमार्फत प्रचण्डको मृत्युको कामना गरेकामा आपत्ति जनाउँदै उनलाई कारबाहीको माग गरेका छन् ।
प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफूलाई हत्या सूचीको पहिलो नम्बरमा राखेको खबर सरकारका तर्फबाट दिइएको सार्वजनिक अभिव्यक्ति दिएपछि लामिछानेले टेलभिजनबाट ‘प्रचण्ड मरेर केही फरक नपर्ने’ घोषणा गरेका थिए । बस्नेतले लामिछाको अभिव्यक्ति पत्रकारिताको मर्म र धर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।
‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ?’ बस्नतेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘न्यूनतम मानवीय मर्यादा र सभ्यताविरुद्धको उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय बनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् ।’
लामिछानेले एउटा टेलिभिजनमा जनतासँग सीधा कुरा नामक विवादित कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनका शब्द हतिपय अवस्थामा सभ्य समाजले पचाउन नसक्ने र पत्रकारिताको आचारसंहिता विपरीत रहेको भन्दै आलोचना हुँदै आएको छ । यो समाचार काठमाडौँ टुडेबाट साभार गरिएको हो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’