गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
मोजाम्बिकमा सुमद्री चक्रबात इडाइका कारण जनधनको ठूलो क्षति भएको छ । चक्रबात इडाइका कारण ज्यान गुमाउनेको संख्या एक हजारसम्म पुग्न सक्ने मोजाम्बिकका राष्ट्रपति फिलिपे निउसीले बताएका छन् ।
चक्रबातका कारण बिहीबार तटीय शहर बेइरामा ल्याण्डफल भएको थियो । चक्रबातको गति १७७ किलोमिटर प्रति घण्टा थियो । तर उद्धार तथा राहतकर्मी आइतबार मात्रै त्यो क्षेत्रमा पुग्न सकेका थिए ।
अहिलेसम्म इडाइ चक्रबात र त्यसका कारण आएको बाढि तथा तीव्र गतिको हुरीका कारण ८४ जनाको ज्यान गएको पुष्टि भएको छ । चक्रबातले अधिकांश घर भत्काएकाले ज्यान गुमाउनेको संख्या धेरै हुन सक्ने बताइएको छ ।
यो आँधीका कारण अफ्रिकाको दिक्षणी क्षेत्रमा कम्तिमा १८० जनाको ज्यान गएको छ । बेइरा क्षेत्रको भ्रमण गरेका राष्ट्रपतिले क्षति भयानक रहेको र आफूले बाढीको पानीमा शव तैरिएको देखेको बताए ।
जिम्बाबेमा आँधीका कारण ९८ जनाको ज्यान गएको छ र २१७ जना बेपत्ता रहेका छन् । मालावीमा पनि गम्भीर क्षति भएको छ ।

























सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’