तनहुँ । तनहुँको भिमाद नगरपालिकामा जातीय भेदभाव गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन ३० गते नगरपालिकाको वडा न ३ माझकोटमा आयोजना भएको विवाह भोजमा जातिय भेदभाव गरेको आरोपमा स्थानिय चेतबहादुर मल्ल र गिता पौडेललाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा आएको भन्दै भिमादका सुकबहादुर परियारलाई धम्की दिएका थिए । उनीहरुले पर बसेर खानपर्ने भन्दै भान्सामा पुगीसकेको परियारलाई दुब्र्यवहार गरेका थिए । पिडक दुवैविरुद्ध जातिय भेदभाव तथा छुवाछुत कसुरमा मुद्धा दायर गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नावय निरिक्षक मनोज पाण्डेले जानकारी दिए ।
आफुमाथि विभेद गरिएको भन्दै पिडित परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले मुद्धा दायर गरेर अघि बढ्ने निर्णय गरेको समितिका अध्यक्ष बाबुराम सुनारले जानकारी दिए । भिमाद नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सुनारले जातियरुपमा हुने अधिकाँश घटनाहरु मिलापत्रमा मात्र सिमित बनाइने छुवाछुत बढ्न थालेको निष्कर्ष सहित कानुनी कारबाहीको निर्णय गरिएको स्पष्ट पारे ।
यता पिडित परियारले मुद्धा फिर्ता लिनको लागि विभिन्न राजनितिक दलका नेताहरुले आग्रह गरेको जानकारी दिदै जातिय रुपमा हुने विभेदका घटनाहरुलाई स्थानीय रुपमै मिलापत्र गरेर आफ्नो समुदायलाई अन्यायमा पार्न खोजेको गुनासो गरे ।
दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दमौली पुगेको भिमाद नगरपालिकाकी कार्यपालिका सदस्या दिना गोतामे, शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य भरत लामगादे, दलित समन्वय समिति भिमादका बरिष्ठ उपाध्यक्ष शालिकराम सुनार, उपाध्यक्ष कुलबहादुर सुनार, बाबुराम रुचाल, दलित उत्थान मञ्च तनहुँका अध्यक्ष रामलिला सुवर्णकार, लगायतका दलित समुदायका अगुवाहरुले अव छुवाछुत विरुद्धको घटनामा शुन्य सहनशिलताका साथ अघि बढ्नुको विकल्प नभएको बताएका थिए ।
परियारलाई जातिय भेदभाव गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विहिबार जिल्लाका अधिकाँश दलित समुदायका अगुवाहरु दमौलि स्थित प्रहरी कार्यालयमा पुगेका थिए
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार