रञ्जन अधिकारी पोखरा, ८ चैत । बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठसँगै एनआइसी एशिया बैंकका पस्र्याङ ब्राञ्च म्यानेजर सुवास सुवेदी पनि पक्राउ परेका छन् । उनीहरु दुवैलाई एउटै किशोरीमाथि यौन कार्य गरेको आरोप लागेको हो । श्रेष्ठले पटकपटक बलात्कार गरेको र सुबेदीले यौन दुब्र्यबहार मात्र गरेको आरोप पीडित किशोरीले लगाएको विश्वस्त श्रोतले जनाएको छ । श्रेष्ठ र सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन् ।
एउटै किशोरीमाथि बलात्कार र यौन दुव्र्यवहार !
ति १६ वर्षीया किशोरी लेकसाइडकै एक पहारीको घरमा बस्दै आएकी थिईन् । विगत ६–७ वर्षदेखि सोहि घरमा काम गर्दै स्थानीय एक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । विहीबार बेलुकी एक्कासी उनी घर छाडेर हिँडिन् । साथीकोमा गएर रुँदै मर्छु भन्न थालिन् । प्रहरीसँगको प्रारम्भिक बयानलाई उद्दृत गर्दै श्रोतले भनेको छ, त्यसपछि मात्र साथीसँग उनले श्रेष्ठ र सुवेदीले गरेको कर्तुत भन्न थालिन् । सुन्दर श्रेष्ठको घरको आडमै ति किशोरीले आश्रय लिएर बसेको घर छ । झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ ।
बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको छ । अहिले किशोरीलाई मेडिकल परीक्षण गरिएको बताएपनि प्रहरीले थप जानकारी दिन मानेन । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले आफू तीन दिने बिदाको लागि काठमाण्डौ रहेको तर श्रेष्ठ र सुवेदी पक्राउ परेको पुष्टि गरे ।
पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा २०७४ जेठमा नियुक्त भएका हुन् । यसअघिका अध्यक्ष प्रकाश मोहन खनालले कार्यकाल पूरा नहुँदै रुपा गाउँपालिकाको प्रमुखमा उम्मेदवार हुने भएपछि राजिनामा दिएका थिए । उनको राजिनामापछि रिक्त रहेको नगर विकास समितिको प्रमुखमा श्रेष्ठलाई नियुक्त गरिएको थियो । श्रेष्ठ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पनि हुन् । उनी क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष, होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य श्रेष्ठ विभिन्न संघसंस्थामा पनि आबद्ध छन् ।
पोखरा फुलबारी बस्ने ब्राञ्च मेनेजर सुवेदी हालै बैंकको पस्र्याङ शाखामा प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी दुलेगौंडामा थिए । सुवेदी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने