भनिन्छ अरुको भलो चिताउने र सतकर्म गर्ने मान्छेले जीवनमा अवश्य कर्मको फल प्राप्त गर्दछ । ठिक त्यस्तै केन्याका एक शिक्षक अरुको भलो चिताउने र सतकर्म व्यक्ति छन् । अफ्रिकी मूलुक केन्याको ग्रामीण क्षेत्रमा गणित र भौतिक विज्ञान पढाउने शिक्षक पिटर ताबिचीले आफ्नो तलबको ८० प्रतिशत गरिबलाई सहयोग गर्न दान गर्दथे।
पवानी गाउँस्थित स्कुलमा भएको एकमात्र कम्प्युटरको सहायतामा इन्टरनेटका नयाँ पाठ्य सामाग्रीहरु उनले विद्यार्थीलाई पढाउँथे। त्यहाँका विद्यार्थीहरु समेत गरिब छन्। शिक्षकहरु थोरै छन् । उनले ती विद्यार्थीहरुको शिक्षामा कमी हुन दिएनन्। उल्टै आफ्नो तलबको ८० प्रतिशत पैसा गरिबको स्तर उन्नतीको लागि सहयोग गर्न थाले।
अन्ततः उनको सतकर्मको मूल्यांकन भयो। हिजो आइतबारमात्र पिटरलाई विश्वव्यापी पुरस्कार प्रदान गरियो। उनले दशलाख अमेरिकी डलर प्राप्त गरेका छन् । भार्के फाउन्डेनसले उनको कामप्रति सम्मान व्यक्तगर्दै दुबइमा विश्वव्यापी शिक्षक पुरस्कार प्रदान गरेको हो।
पुरस्कार पाएसँगै उनले भने,‘अफ्रिकामा प्रत्येक दिन हामी नयाँ पाठ सुरुवात गर्दछौं। आजपनि नयाँ अध्याय सुरु भएको छ। यस पुरस्कारले मलाई भन्दापनि यस देशका युवाको पहिचान गराएको छ।’ उनका अनुसार हामीले धेरै बोल्नेभन्दा धेरै काम गर्नुपर्छ। एजेन्सी
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर