तनहुँ । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेकपाका ३ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारद्धारा प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहका नेता तथा कार्यकर्तालाई सोमबार सामानहरु सहित जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरु लाई प्रहरीलाई सामान सहित बरामद गरी उनिहरुलाई मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ को दफा ९(१) बमोजिम नियन्त्रणमा लिई कानुनी दायरमा ल्याईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास नगरपालिका–६ शिशाघाटका २५ वर्षका सुनिल कुमाल र जुम्लाका अमर बूढा रहेका छन् ।
पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल नेपाल क्रान्तिकारी लमजुङ जिल्ला अध्यक्ष तथा ने.क.पा.(विप्लव) समुहका लमजुङ जिल्ला सदस्य र बुढा जुम्लाका जिल्ला सदस्य हुन् ।
सुनार र कुमाललाई उनकै घरबाट र बूढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक शिद्धीविक्रम शाहले जानकारी दिए ।
कुमालको साथबाट सहयोग रसिद, विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेटहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
ने.क.पा. (विप्लव) समहुका तनहुँ जिल्ला सदस्य बन्दिपुर गाउँपालिका वडा नं. ५ तनहुँका ३१ वर्षका मयुर बुढा नामले चिनिने अम्मर राज बुढाका साथ बाट विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेटहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनारको साथ बाट व्याट्री तथा तार, सहयोग रसिद, रवर स्ट्याम्प, विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेट लगायतका अन्य पार्टीगत कागजातहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते