आँबुखैरेनीबाट पालुङ्टार जाँदै गरेको बस दुर्घटना

आँबुखैरेनीबाट पालुङ्टार जाँदै गरेको बस दुर्घटना

accident

गोरखा : आँबुखैरेनी गोरखा सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । आँबुखैरेनीबाट पालुङ्टार ९ सेरा पौवाटारतर्फ जाँदै गरेको ना ७ ख २०७० नम्बरको बस र गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ना ५ ख ५८११ नम्बरको ट्रक मंगलबार साँझ सवा पाँचबजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ प्रहरीले जनाएको छ ।।

दुर्घटनामा घाइते भएकाहरूको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सुमित्रा नहरकोटी र भोजराज बराल गम्भीर छन्। उनीहरूलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजतर्फ लगिएको प्रहरीले जनाएको छ । घाइतेहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। ट्रक र बसका चालक प्रहरीको नियन्त्रणमा छन् । समाचार स्रोत /अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds