तनहुँ । चट्याङ जोखिम न्युनिकरण सम्बन्धी दुई दिने तालिम मंगलबार देखि दमौलीमा सुरु भएको छ । तनहुँको व्यास नगरपालिका र लार्क नेपालको संयुक्त आयोजनामा चट्याङ जोखिम न्युनिकरण सम्बन्धी तालिम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दै न्यौपानेले दैनिक जीवनमा आइपर्ने विभिन्न प्रकोप व्यवस्थापन गर्न व्यास नगरपालिका एकदम सक्रिय भएर लाग्ने बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारि भरत शर्माले चट्याङ्ग आकास्मिक रुपमा आउने विपद भएको बताए । विद्यालयका विद्यार्थी र गाउमा रहेका स्थानिय लाई यस्तो तालिम दिन जरुरि रहेको शर्माले बताए । नगरपालिकाले पनि घरको नक्सा पास गर्दा अर्थिङ्ग गर्नुपर्ने व्यवस्था लागु गर्नुपर्ने प्रजिअ शर्माले बताए ।
कार्यक्रममा प्रहरी, सशस्त्र, जनपथ र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चट्याङबाट हुने क्षति कम गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको कार्यक्रमका संयोजक सुरेश पौडेलले जानकरी दिए ।
२०७१ साल समेत व्यास नगरपालिकामा चट्याङ जोखिम न्युनिकरण सम्बन्धी तालिम गरिएको पौडेलले जानकारी दिए । चट्याङ पर्दा कसरि सुरक्षित हुने भनेर तालिमको आयोजना गरिएको विपद व्यवस्थापन समितिका संयोजक मोहन कुमार श्रेष्ठले बताए ।

श्रेष्ठले भने,”गड्याङ्ग्-गुडुङ्ग सुनेपछि घर बाहिर हुदा अग्लो र एक्लो रुखमा ओत नलाग्ने, खुला मैदानमा नबस्ने र घर भित्र हुदा झ्याल धोका बन्द गरेर बस्ने ।” तालिमको प्रशिक्षक प्रा डा श्रीराम शर्मा रहेका छन् । शर्माले चट्याङ जोखिम न्युनिकरण सम्बन्धी दुई दिन तालिम दिनेछन ।
सामान्य खर्चमा विद्युतीय सुचालक प्रयोगले भौतिक संरचनालाई चट्याङबाट सुरक्षित बनाउन सकिने शर्मा बताउछन । शर्मा अमृत साइन्स क्याम्पसको भौतिकशास्त्र विभागमा आबद्ध रहेका छन् ।
चट्याङबाट नेपालमा प्रतिवर्ष औसत ११० जनाले ज्यान गुमाउने गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चट्याङबाट विश्वमा सरदर २४ हजार व्यक्तिले बर्सेनि ज्यान गुमाउँछन् ।
यसले प्रत्यक्ष तथा परोक्ष रूपमा अर्बाैं रुपैयाँको भौतिक क्षति पुर्याएको हुन्छ । चट्याङले अप्रत्यक्ष रूपमा आधुनिक इलेक्ट्रोनिक सामग्रीलाई धेरै क्षति पुर्याएको हुन्छ ।
वायुमण्डलका कुनै दुई भाग (बादलभित्रै वा बादल र जमिनबीच) हुने विद्युतीय असन्तुलनका कारण एक भागदेखि अर्काे भागसम्म बहने विद्युतीय चार्ज (करेन्ट) को मात्रा (परिमाण) औसतमा तीस हजार एम्पियर हुन्छ । यसका कारण वायुमण्डलका विविध ग्यासको तापक्रम तीस हजार डिग्रीसम्म पुग्छ ।
त्यसपछि निस्कने आवाजलाई चट्याङ भनिन्छ । अत्यधिक मात्राको करेन्ट र तापक्रमका कारण भौतिक क्षति हुने गर्छ ।
जनमानसको धारणा
संसारमा हरेक मानव सभ्यता विकासमा चट्याङले विशेष स्थान पाएको प्रशिक्षक श्रीराम शर्माले बताए । उदाहरणका लािग हिन्दु सभ्यतामा भगवान् इन्द्रलाई चट्याङ अथवा बज्रका लागि जिम्मेवार मानिन्छ । उत्तरी युरोपमा भगवान् थोरलाई त्यसका लागि जिम्मेवार मानिन्छ ।
सबै मानव सभ्यतामा एउटा समान बुझाइ छ– चट्याङको प्रहार धर्तीमा पाप/कुकर्म गर्ने व्यक्तिलाई सजाय दिन हो । नेपालका धेरै ठाउँमा चट्याङलाई दैवी प्रकोपका रूपमा हेर्ने गरिन्छ र यसबाट बच्न सक्ने उपायबारे कल्पना गरिँदैन । कतिपय ठाउँमा चट्याङले बन्चरो, फाली, ढुंगाजस्ता हतियार प्रहार गर्छ भन्ने विश्वास कायमै शर्माले बताए ।
जोखिम घटाउने उपाय
प्रविधिको द्रुत विकास, विद्युतीय उपकरणको अत्यधिक प्रयोग, सूचना प्रविधिमा बढ्दो निर्भरता, तथ्यांक संकलन, संरक्षण तथा प्रवाहमा डिजिटाइजेसनको अपरिहार्यतासँगै चट्याङको जोखिम अत्यधिक बढेको शर्मा बताउछन ।
सूचना प्रविधि क्षेत्रमा अपरिहार्य प्रयोग गरिने सूक्ष्म अर्धसुचालक चिप्सका लागि चट्याङ ठूलो अभिशाप हो । सूक्ष्म चिपलाई अचानक बढ्ने विद्युतीय करेन्टले क्षति पुर्यायो भने सञ्चित सूचना, डाटा आदि नष्ट हुन्छ ।
चट्याङबाट हुने जनधनको क्षतिलाई सामान्य पूर्वसावधानी तथा चट्याङ प्रतिरक्षी सामग्री वा उपकरणको सहायताले न्यूनीकरण गर्न सकिन्छ ।
चट्याङ ठूलो परिमाणको विद्युतीय करेन्ट भएकाले सामान्य खर्चमा विद्युतीय सुचालक प्रयोगले हाम्रा घर, स्कुल, अस्पताल, ब्यारेक तथा सम्पूर्ण भौतिक संरचनालाई सुरक्षित बनाउन सकिन्छ ।
यसका लागि सामान्य जीआई, एल्युमिनियम अथवा तामाका छड तथा पाता प्रयोग गर्न सकिन्छ । ती सामग्री जडानका लागि विशेष अनुभवी वा तालिमप्राप्त व्यक्ति आवश्यक पर्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ