पोखरा । अहिलेसम्म प्रहरीले चालकले सवारी चलाउने क्रममा मादक पद्धार्थ सेवन (मापसे) गरेका छन् कि छैनन् ? जाँच्ने गर्थे । अब भने गाँजा सेवन गरे नगरेको पनि जाँच गरिने भएको छ । चालकले मुख आँ गरेर श्वास फेरे पुग्नेमा गाँजा सेवन गरेको शंका लागेमा प्रहरीले पिशाव नै फेर्न लगाउनेछ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा बिहीबार लागुपदार्थ सेवन चेक गरेको हो । बिहिबार जम्मा १९ सवारी चालकलाई चेक गर्दा त्यसमध्य पाँच जनाले लागुपर्दार्थ सेवन गरेर सवारी चलाएको भेटिएका थिए । चेकिङबाट लागुपद्धार्थ सेवन गरेको पुष्टी भएका सबैलाई कानुनानुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि गाँजा खाएको पनि देखिने !
नयाँ प्रबिधि ल्याएसँगै अब सवारी चालकले दुई बर्ष अघि गाँजा खाएको समेत पत्ता लाग्ने भएको छ । बिगतका समयमा सवारी चालकको श्वास चेक गरेर मापसे गरे नगरेको पुष्टि गर्ने प्रहरीले अब चालकको पिशाव चेक गरेर दुई बर्ष अघि गाँजा खाएको कुरा समेत पत्ता लगाउने भएको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा गरेको चेकिङमा पनि केहि चालकले ४-५ दिन अगाडी गाँजा खाएको प्रहरीले पत्ता लगाएको थियो । केहि समय अघि गाँजा सेवन गरेका सबैलाई तारेखमा छाडिएको प्रहरीले जनाएको छ । कुनै ब्यक्ति १-२ वर्ष अघि लागुपदार्थको प्रयोगकर्ता भएपनि प्रहरीले ल्याएको किटले सजिलै जानकारी दिन्छ ।

कुनै व्यक्तिले ४-५ दिन अघि लागुपदार्थ सेवन गरेको भए किटमा एउटा गाढा रातो धर्सा र अर्को एउटा फिका रातो धर्सा देखिने गर्दछ । झट्ट हेर्दा यो किट महिलाहरुले गर्भ रहे नरहेको जाँच गर्ने किट जस्तै देखिने गर्दछ ।

तस्बीरः समाचारपाटी
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा