तनहुँ । तनहुँको दमौलीमा शुक्रबार देखि सर्वाधिक राशिको सेभेन ए साइड प्रथम खुल्ला क्लब स्तरिय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
दोभान युवा क्लब व्यास-१ भादगाउँ दमौलीको आयोजनामा शुक्रबार देखि उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १५ हजार र दोस्रो हुने टिमले ५५ हजार ५५५ प्राप्त गर्नेछन । प्रतियोगितामा आयोजक सहित ३५ टिमको सहभागिता रहेको खेल संयोजक भोज बहादुर थापाले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, सर्वाधिक गोलकर्ता र अनुशासित टिमले क्रमशः २ हजार, ३ हजार ५ सय, ३ हजार ५ सय र ५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
खेलकुदमा युवा लाई आकर्षित गर्न र भरपुर मनोरञ्जन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको दोभान युवा क्लबका अध्यक्ष नल बहादुर दरैले बताए ।
नेपाल फुटबलमा बामे सर्दै : पुर्वमन्त्री भण्डारी
नेपाल पनि फुटबलमा बामे सरिरहेको पुर्व बनमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी बताए ।सो कुरा भण्डारीले उक्त फुटबल प्रतियोगिता उद्घाटन गर्दै बताएका हुन ।

पुर्वाधार अभावको बाबजुद नेपालका हरेक ठाँउका युवा फुटबलमा आकर्षित हुँदै गएको पुर्वमन्त्री भण्डारीले बताए ।
तनहुँ होनहार खेलाडीको धनि जिल्ला हो तर आवश्यक पुर्वाधारको कमिले लुकेर रहेको प्रतिभा राष्ट्रिय स्तरमा पुग्न नसकेको भण्डारीले बताए ।
अहिलेको दुई तिहाईको सरकार हरेक कुरामा पुर्ण असफल भएको काङ्ग्रेस केन्द्रिय सदस्य भण्डारीले आरोप लगाएका छ्न । कुनैपनि काम गर्ने क्रममा सरकार असफल भईरहेको भण्डारीले बताए ।
खेलमैदान व्यवस्थित बनाउने लक्ष्यमा व्यास नगरपालिकाले लागीपरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
खेलकुद मार्फत तनहुँ जिल्ला लाई चिनाउने खेलाडीहरु लाई सम्मान जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्ति रमण वाग्लेले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत शर्मा, जिसस उपप्रमुख पवित्रा पौडेल, नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोला, व्यास-१ का वडाअध्यक्ष खर सिं दरै लगाएत आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिताको रेफ्रीमा ईन्द्र गुरुङ र बिजय राना रहेका छ्न ।
प्रतियोगिताको पहिलो उद्घाटन खेल आयोजक टिम सि र डाफे युवा क्लब फराकचौर बीच भएको थियो । उक्त खेलमा ३-१ गोलअन्तरले डाफे युवा क्लब फराकचौर बिजयी भएको छ ।
त्यसैगरि शनिबार भएको पहिलो खेल दोभान युवा क्लब ‘डि’ र निर्मल नगर बीच भएको खेलमा २–१ गोल अन्तरले निर्मलनगर विजयी भएको थियो ।
त्यस्तै दोस्रो खेल भीवाईसी ‘ए’ र रामथुम्की बीच भएको खेलमा ५–० गोल अन्तरले भीवाईसी ‘ए’ विजयी भएको थियो ।
त्यसैगरि तेस्रो खेल रिभरसाइड र सोतीपसल बीच भएको खेलमा ३–२ गोल अन्तरले रिभरसाइड विजयी भएको थियो ।
चौथो खेल जिल्ला प्रहरी कार्यालय तनहुँ र तजीलजी बीच भएको खेलमा २–० गोल अन्तरले जिल्ला प्रहरी कार्यालय तनहुँ विजयी भएको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)