पोखरा । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापनको दिवस पत्रकार महासंघ कास्की शाखाले पनि एक कार्यक्रम गरि मनाएको छ । शनिबार परेको महासंघको स्थापना दिवसमा कास्की शाखाले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा मन्त्व्य राख्दै शाखाका पूर्व अध्यक्ष वद्रिविनोद प्रतीकले नेपालमा सामाजिक तथा राजनीतिक परिवर्तनको लागि पत्रकार महासंघ र पत्रकारको योगदान महत्वपूर्ण रहेको बताउँदै सबैले पत्रकार आचार संहिताको पालना गर्नुपर्ने बताए ।
त्यस्तै, पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलले मिडियामा सेन्सरसीप लगाउन नहुने तथा सेन्सरसीप मान्य नहुने बताएका थिए । अध्यक्षको आसनबाट बोल्दै बिमला भण्डारीले ६४ वर्षको इतिहास रहेको महासंघको योगदान पछिल्लो पुस्ताले भुल्न नहुने बताइन् । पूर्व अध्यक्ष रवीन्द्रप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारितामा जोड दिँदै स्वतन्त्र पत्रकारितामाथि समयसमयमा हुने आक्रमण मान्य नहुने बताए।
पत्रकार महासंघ कास्की शाखाका कार्यवाहक अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, बानका महासचिव दुर्गा अधिकारी, प्रेश संगठन नेपालका केन्द्रीय सदस्य श्याम कुँवर, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण थापा, संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मीता अधिकारी लगायतल मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो