प्रहरीलाई ११०० रुपैँया घुस दिन खोज्ने गोरखाका रोका प्रहरीको फन्दामा

प्रहरीलाई ११०० रुपैँया घुस दिन खोज्ने गोरखाका रोका प्रहरीको फन्दामा

ghus

सांकेतीक चित्र

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका–२ हात्तीगौंडा बस्ने गोरखा आरुघाट गाउँपालिका–८ का ३८ वर्षीया रूपमा रोकालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले कपुरधारा चोकमा मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको फेला पारेपछि पक्राउ गरेको थियो ।

पक्राउ परेपछि रोकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds