सूर्य तिमिल्सिना, पोखरा । ‘हाँस्दै हँसाउदै सामाजिक कार्यमा युवाको हात’ भन्ने मुल नाराका साथ युवाइएन युथ फर नेसनले आगामि चैत्र २८ गतेदेखि लमजुङमा ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ गर्ने भएको छ । कमेडी सोबाट भएको नाफा रकम सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । लमजुङ क्याम्पस, सुन्दर बजारमा हुने उक्त सोमा पछिल्लो समय युट्युब मार्फत कमेडी सो प्रदर्शन गरेर चर्चामा आएको नेप्स ग्याज्म टोलीको प्रस्तुति रहने छ ।
आयोजकका अनुसार ‘नयाँ बर्षको उमंग संगै अब हाँस्ने छ लमजुङ’ नाम दिइएको उक्त कार्यक्रम बिहान ११ बजे र दिउसो ३ बजे गरि दुई चरणमा सम्पन्न हुने छ । करिब २ बर्ष अघि स्थापना भएको युवाहरुको समूह युनाइटेड युथ फर नेसन ‘युवाइएन’ को आयोजनामा कार्यक्रम हुन लागेको हो ।
स्थापना काल देखि बाढी पिडितलाई राहत वितरण,चेपाङ समुदायलाई सहयोग,दुर्गम भेगका सरकारी बिद्यालयमा शैक्षिक सामग्री सहयोग लगायत करिब २ दर्जन साना ठुला सामाजिक कार्यक्रम गरिसकेको यो संस्था काठमाडौं,पोखरा,चितवन,नेपालगंज,लमजुङ लगायतका स्थानमा आधारित भएर बिभिन्न कार्य गर्दै आएको छ ।
आयोजक संस्थाका संस्थापक अध्यक्ष समेत रहेका बिशाल सापकोटाका अनुसार यो कमेडी शो बाट बचेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिने छ । टिकट मुल्य २०० रुपैयाँ रहेको उक्त कमेडी शो मा सहभागी भएर खुलेर हाँस्न समेत पाइने साथ साथैसामाजिक कार्यमा समेत योगदान पुग्ने हुनाले आयोजकले सम्पूर्णलाई सहभागिताको लागि आह्वान समेत गरेको छ ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो