मुग्लिन नजिकै दुर्घटनामा परेर धादिङ ज्यामरुङका राजन धमलाको मृत्यु

मुग्लिन नजिकै दुर्घटनामा परेर धादिङ ज्यामरुङका राजन धमलाको मृत्यु

dhamala

धादिङ, १८ चैत – पृथ्वी राजमार्ग अन्तर्गगत मलेखु–मुग्लिन सडक खण्डमा सोमबार बिहानै भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट परीक्षा केन्द्र कुरिनटार तर्फ आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाईते भएका धमलाको उपचारका क्रममा विहान १० वजे भरतपुरमा ज्यान गएको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन् । दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रोतः धादिङ न्यूज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ