‘स्मार्ट सिष्टमले सेवाग्राहीलाई सास्ती’, यातायातमा पहिले कर्मचारी काम नगर्ने, अहिले सिष्टम !

‘स्मार्ट सिष्टमले सेवाग्राहीलाई सास्ती’, यातायातमा पहिले कर्मचारी काम नगर्ने, अहिले सिष्टम !

License Line

रञ्जन अधिकारी । सबैभन्दा बढी जनगुनासो रहने कार्यालय के हो ? तपाईंलाई पक्कै थाहा छ नापी, मालपोत, यातायात … यस्तै यस्तै । समयमै काम नगरिदिने, फाइल नै फेला नपर्ने, नगद नारायण नटक्र्याइ वरको फाइल पर पनि नसर्ने आरोपबाट मुक्त हुन नसकेका यी कार्यालय पेपरलेस, स्मार्ट बनाइने योजना त सरकारको पहिल्यैदेखि हो । तर सेवाग्राहीले खेप्नुपरेको सास्ती कम भएकै छैन । स्मार्ट लाइसेन्स हातमा पर्ने त कहिले हो कहिले ? यसकै प्रक्रियाका लागि फोटो खिच्ने चरणबाटै सास्ती सुरु हुन्छ यातायात कार्यालयमा ।

सोमबार दिउँसो यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी कार्यालय परिसरमा कोहि घाममा लाइनमै थिए, कोहि घाम छल्न कुनाकुनामा थुचुक्क बसेका थिए । भित्र कर्मचारी फुर्सदिला थिए । कारण, सिष्टमले काम नगरेर सेवाग्राहीको काम हुनै पाएन । त्यही भिडमा थकित मुद्रामा भेटिए एन्फाका फुटबल प्रशिक्षक शम्भु केसी । ‘नविकरण गर्ने टाइम जान लाग्यो । जापानबाट फर्किनासाथ हतारिए आएको, सिष्टम चलेन, सर्भर गयो यस्तै यस्तै छ ।’  केसीले गुनासो गरिहाले – ‘यसरी कसरी हुन्छ ? समार्ट सेवा दिने भन्ने, सर्भर नै नचल्ने, प्राविधिक राख्नुप¥यो नि ?’ उनले कार्यालयमा निरीक्षणका लागि कर्मचारीहरु राख्न पनि सुझाए ।

‘पहिले कर्मचारीले काम गर्दैनथे, अहिले सिष्टमले काम गर्दैन’

यद्यपी, केसीले कर्मचारीहरुको व्यवहार अहिले राम्रो भएको बताए । ‘पहिले त कर्मचारीहरु पनि झर्किने, काम नगर्ने हुन्थे । अहिले त्यस्तो चाहिँ छैन । सिष्टम बिग्रेर हामी जस्तै तनाव उहाँहरुलाई पनि छ ।’ केसीले भने – ‘लौन राम्रो प्राविधिक चाहियो । बिग्रनासाथ बनाउने । यसरी लाइनमा उभिएर त काम गर्ने समय बर्बाद भैगो नि ।

‘देशभरकै सिष्टम एउटै हो, हामीले चाहेर पनि केही गर्न मिल्दैन’

प्रशिक्षक केसीले प्राविधिक चाहियो, राख्नुप¥यो भनिरहँदा सँगै रहेका कार्यालय प्रमुख दीपककुमार पोखरेल मुसुमुसु हाँस्दै थिए । पोखरेलले यो सिष्टम र सर्भर आफूहरुको नियन्त्रणमा नरहेको जनाए ।

[bs-quote quote=”‘यातायात व्यवस्था विभागकै सिष्टम हो, सर्भर हो । जब सिष्टम चल्दैन, हामी यहाँबाट केही गर्न सकिने अवस्था रहँदैन । लौन, सर्भर फास्ट गर्नप¥यो, सेवाग्राहीको गुनासो र आक्रोश हामी थेग्न सक्ने हालतमा हुन्नौं भनेर भन्छौं ।'” style=”default” align=”left” author_name=”दीपककुमार पोखरेल” author_job=”प्रमुख, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी ” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2019/04/Dipak-Pokhrel.jpg”][/bs-quote]

‘यातायात व्यवस्था विभागकै सिष्टम हो, सर्भर हो । जब सिष्टम चल्दैन, हामी यहाँबाट केही गर्न सकिने अवस्था रहँदैन । लौन, सर्भर फास्ट गर्नप¥यो, सेवाग्राहीको गुनासो र आक्रोश हामी थेग्न सक्ने हालतमा हुन्नौं भनेर भन्छौं । जे जे गर्नुपर्ने हो माथि नै गर्नुपर्छ ।’ – पोखरेलले भने ।

चार महिना अघि मात्रै कार्यालयमा हाजिर भएका पोखरेल आफै फाँटफाँटमा पुगेर काममा सघाउँछन् । उनी कहिल्यै हाकिमको सिटमा नदेखेको सेवाग्राही नै बताउँछन् । एक कर्मचारीले नाम नबताउने शर्तमा भने – ‘यहाँ काम गरेको यत्तिका वर्ष भयो, यस्तो हाकिम अहिलेसम्म देखेको थिएनम् । कहिल्यै कुर्सीमा बसेर काम अह्राउने, कराउने गर्नुहुन्न । आफै फिल्डमा पुगेर काम गरिरहनुहुन्छ ।’

गत पुसमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेलले मेडिकल शुल्क ९५ रुपैंयाबाट १९ मा झारे । कार्यालयको छुट्टै वेबसाइट बनाई लाइसेन्स सम्बन्धी सम्पूर्ण जानकारी, ट्रायल समयका बारेमा अपडेट गर्ने व्यवस्था मिलाए ।

पोखरेलले दिनहुँ डेढ २ घण्टा सिष्टम नचल्दा सेवाग्राही घाममा छटपटिँदा आफूलाई पनि दुःख लागेको बताउँछन् । ‘कर्मचारीका पनि केहि समस्या हुन सक्छन् । तर मैले सकेसम्म यातायातका कर्मचारीप्रति नागरिकको गुनासो नआउने गरी काम गर्न निर्देशन दिइरहेको हुन्छु । र मुख्य समस्या अहिले सिष्टमले काम नगरेरै हो । माथिबाट फाइबरमा समस्या भन्छन् । लाइनमा उभिएर थाकेका सेवाग्राही आक्रोश पोख्छन् । स्वभाविक नै हो’ – पोखरेलले भने ।

कार्यालय प्रमुखमा कास्कीकै गौतम

कर्मचारी समायोजनमा संघ रोजेका दीपककुमार पोखरेल काठमाण्डौ गज्रुधारा स्थित मोटरसाइकल शाखामा सरुवा भएका छन् । अब यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी कार्यालयमा प्रमुखका रुपमा हरिप्रसाद गौतम आएका छन् । पोखरा लामाचौरका गौतम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा थिए ।

सम्बन्धित समाचार:

License-line

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ