पोखरा । नेपाल कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट अग्रज पत्रकार किशोर सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित, सूर्य प्रेम बहुउदेश्यीय समाजसेवा ट्रष्टले स्थापना गरेको उक्त सम्मानबाट मंगलबार पत्रकार नेपाल सम्मानित भएका हुन् ।
नेपाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार र सम्मान–पत्रको साथमा दोसला ओढाएर फुलमालाले सम्मान गरिएको आयोजकले जनाएको छ । महासंघ कास्कीका सल्लाहकार बद्रि विनोद प्रतिकको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले दिएको सिफारिसको आधारमा महासंघ कास्कीले नेपाललाई सम्मान गरेको हो ।
‘नेपालकै पुराना पत्रकार नेपाललाई पोखरेलीले सम्मान गर्नु प्रशंसनिय कार्य हो’ प्रथम राष्ट्रपती डा.रामवरण यादवले कार्यक्रमलाई सिम्बोधन गर्दै भने, ‘लोकतन्त्रको राजमार्ग कहिलै नटुट्ने गरी अघि बढाउन आग्रह गर्दै जारी संविधानको कान्वयनमा सवै लाग्नु पर्छ ।’
राज्यले अभिव्यक्ति स्वतन्त्रता तथा मिडियालाई अनुगमन गर्ने निुहँमा नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै राष्ट्रिय सभासदस्य बृद्धा रानाले सरकारले गरेको कामप्रती पत्रकारहरुको ध्यानाकर्षण गराएकी थिईन् । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु