नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै क्षेत्री समाजले आन्दोलन गर्ने

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै क्षेत्री समाजले आन्दोलन गर्ने

chhetri-samaj_

पोखरा । क्षेत्री समाज नेपालले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल कायम गर्नुपर्ने माग राख्दै देशव्यापी आन्दोलन गर्ने भएको छ । बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा क्षेत्री समाजले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै आन्दोलन गर्ने जनाएको हो ।  तर, समाजले आन्दोलन गर्ने मिति भने बताएको छैन ।

पत्रकार सम्मेलनमा आफ्नो बिचार राख्दै समाजका पुर्व अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले भने, ‘हामीले आफ्नोमात्र होइन गुरुङ, मगर, राई, लिम्बु’ सबैको साझा पहिचानको आवाज उठाएका छौैँ ।’

नले  हिन्दु सनातन धर्म भएको नेपाललाई युरोपियन क्रिश्चियनहरुको दबाबमा परेर अन्यायपूर्ण तरिकाले धर्म निरपेक्ष बनाइएको बताए । क्षेत्री समाजको महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ