६ डिएसपीको काज सरुवा, तनहुँ प्रवक्ता अर्याल पर्वत प्रहरी प्रमुख

६ डिएसपीको काज सरुवा, तनहुँ प्रवक्ता अर्याल पर्वत प्रहरी प्रमुख

56476843_164795104454889_2926256064527597568_n

पोखरा । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपीं)को काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डीएसपी श्यामु अर्यालको सरुवा भएको छ । हाल उनी तनहुँ प्रहरी प्रवक्ता छन् ।

पर्वतमा कार्यरत डीएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । डिएसपी अर्याल यस अघि पनि प्रहरी निरीक्षकको रुपमा पर्वतमा काम गरेका प्रहरी अधिृकत हुन । उनी कास्की ट्राफिक प्रहरी प्रमुख भएर पनि काम गरिसकेका छन् ।

यस्तै, इलाका प्रहरी कार्यालय चितवन टाँडीका इन्चार्ज डीएसपी दयानिधि ज्ञवालीलाई पनि प्रहरी प्रधान कार्यालयमा तानिएको छ । तिवारी र ज्ञवाली यअसघि भएको प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए । टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ