पोखरा । दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ आजदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवको आजदेखि बैशाख १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
आज महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए । महोत्सवमा प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिनेछ । महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव प्रवेशका साधरण ब्यक्तिका लागि ८० रुपैँया र विद्यार्थी सहुलियत तथा तीन सयमा महोत्सव अवधिभ ५० रुपैँया लाग्ने छ । स्थानीय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणहरुमा आलका बिभिन्न परिकार तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, विविध सांस्कृतिक कार्यक्रम, हाँस्य कलाकारहरुका प्रस्तुति लगायत रहेका छन् ।
मजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’